Aamsanchar

जुवातास खेल्दै गरेको अवस्थामा करिब दुई लाख रुपैयासहित आठ जना पक्राउ

Author Image
शनिवार, कार्तिक २९, २०७७

लमजुङ : लमजुङ प्रहरीले जुवातास खेल्दै गरेको अवस्थामा करिब दुई लाख रुपैयासहित आठ जनालाई पक्राउ गरेको छ। जिल्लाको मध्यनेपाल नगरपालिका-६ भोर्लेटारबाट एकलाख ८७ हजार २५ रुपैयाँसहित आठ जनालाई पक्राउ गरेको हो। स्थानीय दिलिपकुमार गुरुङको घरमा जुवा खेलीरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमूख एवं प्रहरी निरिक्षक बोधराज रेग्मीको कमाण्डमा खटिएको प्रहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा मध्यनेपाल–६ का उदय दुरा, हरी रेग्मी, दुर्गाबहादुर थापा, भीमबहादुर धिंगल गुरुङ, होमबहादुर गुरुङ, शिवलाल श्रेष्ठ, शमशेर कुमार गुरुङ र घरधनी दिलिप कुमार गुरुङ रहेका छन्।प्रहरीले उनीहरुको साथबाट नगदसहित चार बुक खुल्ला तासबरामद गरेको जनाएको छ। पक्राउ परेका आठैजनालाई  प्रहरी हिरासतमा राखी मुलुकी अपराध संहिता २०७४ बमोजिम सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिका विरुद्धको कसुर अन्तर्गत रहेको जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने कसुरअन्तर्गत अनुसन्धान कार्य भईरहेको प्रहरीले लमजुङका प्रहरी प्रमूख एवं प्रहरी नायव उपरिक्षक गंगाबहादुर थापाले जानकारी दिए।

तिहार लागेसँगै जुवा तास नियन्त्रणमा लमजुङ प्रहरीले सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पछिल्लो एक महिनामै जुवातास खेलिरहेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट ३३ जनालाई नियन्त्रणमा लिई कारवाहिको दायरामा ल्याएको छ।यसअघि गत मंगलबार लमजुङ प्रहरीले मध्यनेपालकै वडा नम्वर १, साविक जिताको सराङ डिहीबाट पनि साँढे ११ लाख नगद सहित १४ जनालाई नियन्त्रणमा लिएको थियो।

प्रहरी नियन्त्रणमा परेका १४ जनाको विषयमा पनि म्याद थप भई अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। सो बाहेक गत १७ गते पनि सुन्दरवजार–९, भोटेओडार, बगैचाबाट पनि करिव ८० हजार सहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको सोहि कसुरमा कारवाहि गरेको थियो।

चाडपर्वका नाममा समाजमा गैरकानुनी ढङ्गका गतिविधी सञ्चालन गर्ने जो कसैलाई पनि कानुनी दायरामा ल्याउने भन्दै यस्ता अवाञ्छित क्रियाकलाप हुन नदिन सादा पोसाकमा प्रहरी खटाईएको सुरक्षा समिति लमजुङले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर