Aamsanchar

ज्योतिषशास्त्र अनुसार लक्ष्मी पूजा गर्ने विधी

Author Image
शनिवार, कार्तिक २९, २०७७

आज घरघरमा लक्ष्मीको पूजा गरिन्छ । कात्तिक महिनाको शुक्लपक्ष पूर्णिमासम्म यो पर्व मनाइन्छ । यो अमावस्य पर्व अर्थात कालो औशीको रात भन्ने बुझिन्छ । तर यो कालो औंशीको रातलाई हामी बत्ती बालेर सकेसम्म तेलका दियोहरु,घ्यूका दीपकहरु, मैनबत्तीहरु, बिजुली बत्तीहरु बालेर उज्यालोको पर्वमा जागरण गरेर, लक्ष्मीको उपासना गरेर लक्ष्मी भित्र्याउदैछौं ।

समुन्द्र मन्थनबाट प्रकाट्य भएकी भगवती लक्ष्मी हात्तीद्धार सोभित भएकी छिन् । उल्लुको बाहन भएकी लक्ष्मीको हामी पूजा गर्दैनौं । अहिले बजारमा उल्लुमा सवार लक्ष्मीको फोटा पाउन छोडिएको छ । पहिले पहिले उल्लुमा विराजमान भएकी लक्ष्मीको पूजा हुने गर्दथ्यो । तर उल्लुमा सवार लक्ष्मीको पूजा गरे शुभ नहुने ज्योतिषशास्त्रले बताएको छ ।

१, सर्वप्रथम स्नान गरेर घर लिप्ने ठाउँ भएमा गाईको गोबर तथा रातो माटोले लिप्नुपर्दछ ।

२, यदि सिमेन्टद्धारा निर्मित घरमा नुन पानीले सबैतिर पुछ्नुपर्छ ।

३, लक्ष्मी पूजा गर्ने स्थान तथा ठाउँमा चौकी जस्तो खटिया राख्ने । खटिया माथि गणेश,सरस्वती, लक्ष्मी, श्रीयन्त, कुबेरयन्त्र जेजे रहेका छन् सबै राख्ने ।

४, त्यसपछि दीप प्रज्वलन गर्ने त्यसछि कलश र गणेशको पूजा गर्ने ।

५, लक्ष्मीपूजा गर्ने ठाउँमा राखिएका गरगहना,पैसा लगायतका सामानहरुको गुरुद्धारा तथा आफैद्धारा पूजा गर्ने ।

६, त्यसपछि ठूलो कलशमा भरी पानी राख्ने, नाङलामा धान,चामल राख्ने त्यसपछि 

७, ओटा दियो मुख्य कोठामा प्रज्वलीत गर्नको लागि घ्यू र तीलको तेलमा बलेका दियो अगाडी राख्ने ।

८, कलशमाथि चामल सहितको चरेसको थाल राख्ने । त्यस थालीमा आफूसँग भएका सम्पूर्ण गहना तथा पैसा राखेर पूजा गर्ने र लक्ष्मीको ध्यान गर्ने र लक्ष्मीको स्वरुप मानेर पूजा गर्ने ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 399

प्रतिक्रिया (०)

सम्बन्धित खबर