Aamsanchar

दमक अस्पतालमा आगलागी हुदाँ एक करोड मूल्य बराबरको क्षति

Author Image
शनिवार, कार्तिक २९, २०७७

झापा- झापाको दमक नपा–१ मा रहेको दमक अस्पतालमा आज आगलागी हुदाँ एक करोड मूल्य बराबरको क्षति भएको छ । अस्पतालको औषधी भण्डारण कक्षमा अचानक विद्युत् चुहावटभएर आगलागी हुदाँ रु एक करोड मूल्य बराबको क्षति हुन पुगेको अस्पतालले जनाएको छ । सो अस्पताल जिल्ला स्तरिय सरकारी अस्पताल हो । अपराह्न २ः०० बजेदेखि लागेको आगलागीबाट अस्पतालका लागि चाहिने औषधी पूर्णरुपमा नष्ट भएको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर खड्ग लिम्बुले वताउनुभयो ।

नगरपालिकाका दुई ओटा दमकल, अस्पतालका कर्मचारी, प्रहरी तथा स्थानीयको सहयोगबाट करिब आधा घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)