अरु मौसम भन्दा जाडो मौसम दम रोगीहरुका लागि निकै सकस र कस्टकर हुने गरेको छ । चिसो र प्रदुशित वायुमण्डलका काणर दम रोगीहरुले बढी पिंडा व्यहोर्नु परेको अबस्थामा दम दीर्घ रोग भएको कारणले गर्दा भोग्नु परेको समस्यालाई न्युनिकरण गर्नको लागि यसको नियन्त्रणको लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । खाने कुरामा ध्यान नदिदा दम रोगी झनै कमजोर बन्दै जान्छन् । दमको समस्या बढ्न नदिनको लागि बिरामीहरुले शक्तिवर्दक खाना खानु राम्रो हुन्छ ।
यसैगरी दम रोगीले चिल्लो खानेकुरा खानमा पनि बल गर्नुपर्छ । चिल्लो पदार्थको सेवनले शरीरमा कार्बनडाइअक्साइड कम जम्मा भई सास फेर्न सजिलो बनाउँछ । तर, चिल्लो पदार्थ भन्नाले पशुजन्य नभइ वनस्पती तेलको सेवन गर्नु पर्छ । बोसोयुक्त मासु, अत्याधिक नौनी, घिउ आदिले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।
दम रोगीहरुको श्वासप्रणालीको मांसपेसी च्यातिने डर हुन्छ । यसलाई जोड्नको लागि प्रोटियुक्त खाना आवश्यक हुन्छ । त्यसका लागि दाल, गेडागुडी, माछा, मासु, अन्डा, भटमास तथा दूधजन्य खानेकुरा नियमित खानुपर्छ । रसयुक्त खानेकुरा सबै खालका बिरामीलाई राम्रो हुन्छ । शरीरमा पानीको मात्रा कम भएमा सास फेर्न गाह्रो हुन्छ ।
शरीरलाई पानीको मात्रामा कम हुन नदिन प्राय खानेकुरामा नै रस हालेर खाने गर्नु राम्रो हुख्न्छ । प्रशस्त मात्रामा झोलिलो खानेकुरा खाँदा शरीरमा पानीको मात्रा कम हुन पाउँदैन । तर खानेकुरामा नुन आवश्यक मात्रामा मात्र प्रयोग गर्नु राम्रो हुन्छ ।