Aamsanchar

मकवानपुरमा एक बालिकाको हत्या, बलात्कार प्रयास वा बलात्कार भएको हुनसक्ने अनुमान

Author Image
बिहिवार, मंसिर ४, २०७७

मकवानपुर । मकवानपुरमा पूजामा गएकी एक बालिकाको हत्या भएको छ । वाग्मती गाउँपालिका-७, लामिटारमा रुबिना पाख्रिनको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख एसपी मुकेश सिंहका अनुसार अहिले अपराधस्थलमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालिएको छ ।

‘पूजामा गएका बालिकाहरु बुधबार ४/५ बजेसम्म खेलिरहेका थिए, त्यसपछि पाख्रिन देखिएकी थिइनन्’, सिंहले भने, ‘बेलुकी ७/८ बजेतिर बगरमा अर्धबेहोसी अवस्थामा उनलाई फेला पारिएको थियो ।’ लगत्तै उनलाई जिल्ला अस्पताल, हेटौंडातर्फ लगिए पनि चिकित्सकले मृत घोषित गरेको सिंहले बताए । प्रहरीका अनुसार अपराधस्थल नजिकै बालिकाको भित्री बस्त्र फेला परेको छ भने शरीरभरि रगत लत्परिएका कारण कुनै भारी वस्तुले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अपराधस्थलको प्रकृति अनुसार बालिकामाथि बलात्कार प्रयास वा बलात्कार भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । हालै अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने बालिकाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर