Aamsanchar

संखुवासभाको पाँचखपनमा अज्ञात समुहले राखेको बम डिस्पोज

Author Image
बिहिवार, मंसिर ४, २०७७

संखुवासभा : जिल्लाको पाँचखपन नगरपालिकाको वाना–खाँदबारीमा राखेको बम सेनाले डिस्पोज गरेको छ । पाँचखपन–४ फापुङमा वाना–खाँदबारी सडक खण्डमा अज्ञात समुहले राखिएको बम बिहीबार बिहान डिस्पोज गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी सन्तोश बुढाथोकीले जानकारी दिए ।  सदरमुकाम खाँदबारीबाट गएको बराह दल गुल्मको सेनाको टोलीले बम निस्कृय पारेको हो । स्थानीयले बुधबार साँझ शंकास्पद वस्तु देखिपछि प्रहरीलाई खबर गरेको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए ।

खाँदबारी–वाना सडक खण्डमा शंकास्पद वस्तु देखेपछि स्थानीयले इलाका प्रहरी कार्यलय वानामा खबर गरेका थिए । सडकमा बम राख्ने समूहको खोजी कार्य तीव्र पारिएको प्रहरी उनले बताए । 

गत मंसिर १ गते चैनपुर नगरपालिका–४ मैदानेमा विप्लव कार्यकताबीच गोली हानाहान भएको थियो । घटना पछि त्यस क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो। घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर