Aamsanchar

पाँचथरको हिलिहाङ गाउँपालिकामा ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु

Author Image
बिहिवार, मंसिर ४, २०७७

ताप्लेजुङ — पाँचथरको हिलिहाङ गाउँपालिका–१ मालवासेमा ट्याक्टर दुर्घटनामा परी चालक संखुवासभा, मुढेशनिश्चरेका थलबहादुर गुरुङको ज्यान गएको छ । बुधबार बेलुकी भएको दुर्घटनामा भोजपुरको दिङ्ला घर भएका सह–चालक आकास सुनुवार घाइते छन् । अरुणभ्याली हाइड्रोको निर्माण सामग्री लिएर जाँदै गरेको लु४त २३६० नम्बरको ट्याक्टर सडकबाट खसेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार २४ वर्षीय गुरुङको घटनास्थलमै मृत्यु भएको हो । सहचालक सुनुवारको जिल्लाकै समर्पित अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर