Aamsanchar

प्रतिबन्धित लागू औषध ब्राउनसुगर सहित २ जना मेचीनगरबाट पक्राउ

Author Image
शुक्रवार, मंसिर ५, २०७७

झापा । झापामा प्रतिबन्धित ब्राउन सुगरसहित दुई जना युवा पक्राउ परेका छन् । हिजो साँझ ६ बजे मेचीनगर १५ हेल्दुबारीमा बिशेष सूचनाको आधारमा प्रहरी चौकी ज्यामिरगढीबाट खटिएको प्रहरी टोलीले बा३८प ३८८५ नं.को मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार मेचीनगर १५ ज्यामिरगढी बस्ने २४ वर्षिय बिष्णु राजबंशी र सोही वडाको पानबस्ती बस्ने १८ वर्षिय सागर पाहानलाई ब्राउनसगुरसहित पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ११.०६ ग्राम ब्राउनसुगर , नगद ८१ हजार १ सय नेपाली रुपैयाँ , १ सय १० भारतीय रुपैयाँ र २ थान मोबाईल बरामद गरिएको छ । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि इलाका प्रहरी कार्यालय धुलाबारीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 432

प्रतिक्रिया (०)

सम्बन्धित खबर