कनकाई । कनकाई छठ सेवा समाजले क्यान्सर रोगबाट जीवन र मृत्युसग जुधिरहेकी मेनुका ढुङ्गेल बास्तोलाको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।
मेनुका बचाउ अभियानका अभियानकर्मी तथा मेनुकाका दाजु सुरुङ्गा निवासी चन्द्र ढुङ्गेललाई ७ हजार रुपैँया छठ पुजाको अवशर पारेर कनकाई छठ सेवा समाजका पदाधिकारीहरुले प्रदान गरेका हुन् । कार्यक्रममा बोल्दै समाजका अध्यक्ष प्रधानले आगामि दिनमा समेत आवश्यक आर्थिक तथा अन्य सहयोग गर्ने बताएका छन् ।
झापा कनकाई नगरपालिका ८ लक्ष्मीपुर निवासी मेनुका लामो समयदेखि क्यान्सर रोगले थलिएकी छिन् । उनकोे जीवन बचाउनका लागि स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरिरहेका छन । मेनुकाको जीवन बचाउनका कनकाई नगरपालिका वार्डनम्बर ८ का वडाअध्यक्ष प्रेमबहादुर कटुवालको अध्यक्षतामा मेनुका बचाउँ अभियान समेत गठन गरिएको छ । हाल मेनुकाको बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको मेनुकाका दाजु चन्द्र ढुङ्गेलले बताए ।
हालसम्म यस अभियानबाट ६ लाख रुपैँया सहयोग संकलन भइसकेको समेत ढुङ्गेलले बताए । आर्थिक अवस्था कमजोर रहेकी मेनुकाको जीवन बचाइदिन अभियानले सबैसंग आग्रह गरेको छ ।
मेनुकालाई सहयोग गर्ने दाताहरुले सोझै एनआईसी एशियाको खाता नं. २१०४१५०८९५१७८००१ मा रकम जम्मा गर्न सकिने बताइएको छ । केही आवश्यक परेमा थप जानकारीकालागि समितिका सचिव छबि कट्टेलको सम्पर्क नं.९८४२६७०८८०, कोषाध्यक्ष गोमा निरौलाको सम्पर्क नं.९८६३७६५१९६ र मेनुकाका दाजु चन्द्र ढुङ्गेलको सम्पर्क नं.९८४२६५२८०० मा सम्पर्क गर्न सकिने बताइएको छ । सहयोग गर्ने दाताहरुको नामावली रकमसहित क्रमशः अनलाईन संचार माध्यम साथै पत्रपत्रिका मार्फत सार्वजनिक गर्दै जाने समितिले जनाएको छ ।