Aamsanchar

कोरोनाले मेचीनगर नगरपालिकाका एक कर्मचारीको ज्यान लियो

Author Image
आइतवार, मंसिर ७, २०७७

संकेतिक तस्वीर ।

बिर्तामोड। झापाको मेचीनगर नगरपालिकाका एक कर्मचारीले कोरोना संक्रमणका कारण मृत्युवरण गर्नु परेको छ ।

मृत्यु हुनेमा नगरपालिकाका कार्यालय सहयोगी करिव ५० वर्षिय गणेश खड्का रहेका छन् । मेचीनगर ४ निवासी नगरपालिकाका स्थायी कर्मचारी खड्काको गएराति धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । उनको शव धरानबाट ल्याएर नेपाली सेनाद्वारा अन्त्येष्टि गर्ने तयारी भइरहेको छ । खड्काको सँगै मेचीनगरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको सँख्या ९ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 194

प्रतिक्रिया (०)

सम्बन्धित खबर