Aamsanchar

ताप्ली गाउँपालिकाको कार्यालयमा बम बिस्फोट

Author Image
आइतवार, मंसिर ७, २०७७

काठमाण्डाै – उदयपुरको ताप्ली गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले बम बिस्फोट गराएको छ । राति एक बजेको समयमा पालिका कार्यालयसँगै रहेको नागरिक सहायता कक्षमा बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बम बिस्फोटबाट कार्यालयको कम्प्युटरका साथै टेबल, कुर्सीलगायतका फर्निचरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

साथै घटनास्थल नजिकै एउटा बम पनि फेला परेको र गाईघाटबाट बम डिस्पोजल टोली मगाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिनुभयो । घटनास्थललाई प्रहरीले सुरक्षाको घेरामा राखेको छ । घटना कसले र किन गरायो भन्ने बारेमा अहिलेसम्म खुल्न नसकेको पनि प्रहरी उपरीक्षक दाहालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर