Aamsanchar

अस्पताल पुग्न नसक्दा नेपालमा कोरोना देखिएको ७ महिनायता १ सय ३४ जना गर्भवती र सुत्केरी महिलाको मृत्यु ,सबैभन्दा बढी लुम्विनी र प्रदेश १ का

Author Image
आइतवार, मंसिर ७, २०७७

काठमाडौं । कोरोना महामारीका कारण अति आवश्यक अवस्थामा बाहेक अस्पताल जानेहरुको संख्या विगतमा भन्दा निकै कम छ ।

तर उपचारका लागि अस्पताल जानैपर्ने अवस्थाका विरामी पनि समयमा अस्पताल पुग्न नसक्दा अकालमा ज्यान गुमाउन पुगेकाहरुको संख्या भने धेरै छ । जसमा सुत्केरी र गर्भवती महिलाको संख्या बढी रहेको तथ्यांक छ । नेपालमा कोरोना संक्रमण देखिएको ७ महिनायता १ सय ३४ जना गर्भवती र सुत्केरी महिलाको मृत्यु भएको छ ।

लकडाउन सुरु भएको गत चैत्र ११ देखि असोज अन्तिमसम्म उनीहरुको मृत्यु भएको हो । जसमध्ये ९ जना महिलामा कोरोना संक्रमण र केहीमा लक्षण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ । मृत्यु हुनेमा सबैभन्दा बढी लुम्विनी र प्रदेश १ का छन् । नेपालका कोरोनाका कारण मृत्यु हुने पहिलो व्यक्तिनै नौं दिने सुत्केरी महिला थिइन् । उनको जेठ ३ गते मृत्यु भएको थियो ।

महाशाखाकी मातृ तथा नवजात शिशु शाखा प्रमुख डा।पुण्या पौडेलले अस्पताल पुर्‍याउन हुने ढिलाई,सवारी सधानको अभाव,उच्च रक्तश्राप,उच्च रक्तचापका साथै अस्पतालमा स्रोत साधनको अभावका कारण महामारीको समयमा गर्भवती र सुत्केरी महिलाको मृत्यु हुने दर बढेको बताउनुभयो । चैत्र ११ देखि साउन अन्तिमसम्म नै ८० जना गर्भवती र सुत्केरी महिलाको मृत्यु भएको थियो । यस्तै भदौ र असोज महिलामा ५४ जना महिलाले ज्यान गुमाएका छन् ।

परोपकार स्त्री तथा प्रसूती रोग अस्पतालकी निर्देशक डा।संगिता मिश्रा भने गर्भवती र सुत्केरी महिला संक्रमणको उच्च जोखिममा रहे पनि मृत्यु हुने सम्भावना भने निकै कम रहने बताउनुहुन्छ । गर्भवती र सुत्केरी अबस्थामा हुने उच्च रक्तश्रापका कारण ३० प्रतिशत महिलाले ज्यान गुमाउने गरेका छन् । ती मध्ये पनि अस्पताल पुगेको ४ घण्टा भित्र नै मृत्य ुहुने महिलाको संख्या धेरै रहेको डा।पौडेलले जानकारी दिनुभयो ।

नेपालमा गर्भवती अबस्थामा पनि नियमित जाँच गराउने महिलाको संख्या निकै कम छ । झन महामारीका कारण गर्भ परीक्षण गराउनेको संख्या ७२ प्रतिशतले घटेको महाशाखाले जनाएको छ । सन् २०१६ मा भएको जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणले समेत ८४ प्रतिशत गर्भवती महिलाले मात्र नियमित स्वास्थ्य परीक्षण गराउने गरेको देखाएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर