Aamsanchar

सरकारले झण्डै ६१ लाख रुपैयाँमा भैँसी किन्ने

Author Image
सोमवार, मंसिर ८, २०७७

काठमाण्डौ –सरकारले झण्डै ६१ लाख रुपैयाँमा ३२ वटा मुर्रा भैँसी किन्ने भएको छ । राष्ट्रिय भैँसी अनुसन्धान कार्यक्रम तरहरा सुनसरीले ६० लाख ९९ हजार रुपैयाँमा २ वटा वलसहित ३२ वटा भैँसी खरिद गर्ने भएको हो । कार्यक्रमले ३२ वटा मुर्रा भैँसी किन्न लागि असोज १ गते बोलपत्र आह्वान गरेको थियो ।

अन्तिम दिन कात्तिक ३ गतेसम्म दर्ता भएका प्रस्तावमध्ये सबैभन्दा कम मूल्य ६० लाख ९९ हजार रुपैयाँमा प्रस्ताव पेस गर्ने हेम शंकर घर पालुवा पशु चौपाया खरिद बिक्री केन्द्र सिरहाबाट भैँसी खरिद गर्न लागिएको भैँसी अनुसन्धान कार्यक्रमले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 362

प्रतिक्रिया (०)

सम्बन्धित खबर