Aamsanchar

मोरङ र इलामका २ जना कोरोना संक्रमितको बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु

Author Image
सोमवार, मंसिर ८, २०७७

काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । इलाम–१ का २५ वर्षीय पुरुष र सुन्दरहरैंचा मोरङका ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । मोरङका पुरुषका आज बिहान ६ बजेर ४० मिनेटमा र इलामका पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले जनाएको छ ।

मोरङका पुरुषमा गत कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएपछि मंसिर १ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका थिए । यसैगरी इलामका पुरुष यही मंसिर ५ गते अस्पताल भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर