Aamsanchar

झापाबाट ३ फरार प्रतिबादी पक्राउ

Author Image
सोमवार, मंसिर ८, २०७७


झापा-चोरी मुद्धा लागेर अदालतबाट दोषी ठहर भई फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । खोजलताश गर्ने क्रममा बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले आज विभिन्न स्थानहरुबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए । पक्राउ पर्ने तीनैजना हल्दिबारीका रहेका छन् । पक्राउ पर्नेमा हल्दिबारी ३ का ३० वर्षिय मुकेश मेचे , २८ वर्षिय प्रेम मगर र ३२ वर्षिय राजु मेचे रहेका छन् । तीनैजनालाई समान पन्ध्र– पन्ध्र दिन कैद र जनही २९ हजार २५० रुपैयाँ जरिवाना तोकिएको थियो ।

जिल्ला अदालत धनकुटाको २०७५ पुष १७ गतेको फैसला अनुसार चोरी मुद्दाका ती प्रतिवादीहरुलाई सो फैसला सुनाइएको थियो । तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र फैसला कार्यान्वयनको लागि भोलि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराउने प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर