Aamsanchar

पूर्वपश्चिम राजमार्गमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

Author Image
मङ्गलवार, मंसिर ९, २०७७

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको राप्ती नगरपालिका–६ हर्दी भन्ने स्थानमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई सोमबार बेलुकी भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएको हो । ठक्करबाट ३० वर्षका नवराज दनै र २२ वर्षका सचिन दनैको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि स्थानीयवासीले सडक अवरुद्ध पारेका थिए । राति साढे ११ बजे प्रहरीले बाटो खुलाएको थियो । सडक खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडपसमेत भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर