Aamsanchar

मोरङमा गुडिरहेको सफारीबाट भुईँमा लडेका चालकको घटनास्थलमै मृत्यु

Author Image
मङ्गलवार, मंसिर ९, २०७७

विराटनगर । मोरङमा गुडिरहेको सफारीबाट भुईँमा लडेका चालकको घटनास्थलमै मृत्यु भएको छ । कटहरी गाउँपालिका-१ चौधरी चोकमा गुडिरहेको सफारीबाट ढलेका विराटनगर महानगरपालिका-२ का ३५ वर्षीय सुनिल मण्डलको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार मण्डल को२ह ५४९२ नम्बरको खाली सफारी लिएर विराटनगरबाट मिलनचोकतर्फ जाँदै थिए । सडकमा गुडिरहेको सफारीबाट अचानक उनी ढलेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार आफैँले चलाइरहेको सफारीबाट अचानक भुँईमा लड्न पुग्दा उनको मृत्यु भएको हो । एक्कासी शरीर भुइँमा ढले पनि उनको खुट्टा सफारीमै अड्किएको थियो । सफारी सडकमै रोकिएको थियो । घटनापछि प्रहरीलाई खबर गरेका स्थानीय बासिन्दाका अनुसार अचानक भुइँमा ढलेको केही बेरमै चालक मण्डलको मृत्यु भएको थियो । मृत्युपछि अनुसन्धान सुरु गरेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर