झापा । झापामा कोरोना संक्रमित एक सय जनाको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार आज भद्रपुरका एक व्यक्तिको मृत्युसंगै मृतक कोरोना संक्रमितको संख्या जिल्लामा एक सय पुगेको हो । कार्यालयका अनुसार आज भद्रपुर ७ की ६५ बर्षिया एक महिलाको मृत्यु भएको हो ।
यस्तै आज थप ५३ पुरुष र ४२ महिला गरि ९४ जना संक्रमित थपिएका छन् । आज संक्रमण पुष्टि हुनेमा झापा गाँउपालीकाका १४ महिला र २० जना पुरुष गरि ३४ जना छन् । यस्तै भद्रपुर नगरपालीकामा १३ महिला र ९ पुरुष गरि २२ जना , दमक नगरपालिकामा ५ महिला र ६ पुरुष गरी ११ जना, बिर्तामोड नगरपालिकामा १ महिला र ४ पुरुष , अर्जुनधारा नगरपालीकामा २ महिला र ३ पुरुष गरि ५ जना ,शिवसताक्षी नगरपालीकामा १ महिला र २ पुरुष गरी ३ जनामा कोरोना संक्रमण पुस्टि भएको हो ।
गौरादह नगरपालीका , मेचिनगर नगरपालीका , कनकाई नगरपलिका र बुद्धशान्ती गाउँपालीकामा समान १ महिला र १ पुरुषमा कोरोना पुस्टि भएको छ । हल्दिबारी गाउँपालीकामा २ जना पुरुष , गौरिगंज गाउँपालीका र बाह्रदशी गाउँपालीकामा १–१ जना पुरुषमा कोरोना पुस्टि भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यसकासाथै इलाम ठेगाना भएका र पालीका नखुलेका गरि अन्य १ महिला र १ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार ११६ रहेको छ ।