Aamsanchar

झापामा आज थप २ जना कोरोना संक्रमितको मृत्यु, ७४ जना संक्रमित थपिए

Author Image
बिहिवार, मंसिर ११, २०७७

झापा- झापामा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु हुनेमा बिर्तामोड ८ का ७९ बर्षीय पुरुष र शिवसताक्षी ९ का ७२ बर्षीय पुरुष रहेका छन् । योसँगै जील्लमा संक्रमण बाट मृत्यु हुनेको संख्या १ सय ५ पुगेको छ ।

यस्तै आज ३० महिला र ४४ पुरुष गरी ७४ जनामा कोरोना पुष्टि भएको छ । झापाका १५ स्थानिय तह मध्ये ११ वटा स्थानिय तहमा कोरोनाका संक्रमित थपिएका छन् । जिल्ला बाहिरका ४ महिला र ४ पुरुष गरी ८ जनामा संक्रमण पुस्टि भएको हो । आज सबैभन्दा धेरै दमकमा कोरोना संक्रमित थपिएका छन् । दमका १३ पुरुष र ३ महिलामा संक्रमण पुस्टि हुँदा बिर्तामोडमा ७ महिला र ७ पुरुषमा कोरोना देखियो । मेचीनगर नगरपालिकामा ३ महिलासहित ६ जना,भद्रपुर नगरपालिकामा १ महिलासहित ४ जना, अर्जुनधारा नगरपालिकामा ६ महिलासहित ८ जना, कनकाई नगरपालिकामा ३ महिलासहित ७ जना संक्रमित रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले बताए ।

यसैगरी, बुद्वशान्ति गाउँपालिकामा १ महिलासहित ३ जना, शिवसताक्षी नगरपालिकामा १ महिलासहित ४ जना, गौरादह नगरपालिकामा १ जना महिला, झापा गाउँपालिकामा २ जना पुरुष, कमल गाउँपालिकामा २ जना पुरुष र पालिका नखुलेका ४ महिलासहित ८ जना संक्रमित रहेको उनले जानकारी दिए । त्यसमध्ये पालिका नखुलेकोमा ६ जना इलाम, १ जना ताप्लेजुङ र १ जना धनकुटाका छन् । अन्य संक्रमित सबै जना स्थानीय हुन् । झापामा हालसम्म ३२ हजार ७५३ स्वाब संकलन गरिएका मध्ये ३ हजार ६४० जना संक्रमित छन् । जिल्लामा हालसम्म १०५ जनाको मृत्यु भइसकेको छ । आइसोलेसनमा रहेका सकृय संक्रमित १ हजार १४० र निको भएर घर फर्किएका २ हजार ३९५ रहेको चौलागाईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर