Aamsanchar

मोरङको उर्लाबारीबाट जुवा तास खेल्ने सात जना पक्राउ

Author Image
शुक्रवार, मंसिर १२, २०७७

मोरङ – मोरङको उर्लाबारी नगरपालिका-९ बाट जुवा तास खेल्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ । जुवा तास खेलिरहेको जानकारीका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट गएको प्रहरी टोलीले ३ लाख २५ हजार १५५ नगदसहित ७ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा उर्लाबारीका बाबुराम कार्की, डम्बरबहादुर लिम्बु, विमल डाँगी, दिवान मगर, गोविन्द पुरी र विष्णु राउत तथा केपिलासगढी गाउँपालिका खोटाङका कुबिरमान तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 75

प्रतिक्रिया (०)

सम्बन्धित खबर