Aamsanchar

अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा विराटनगरमा संचालीत गेस्ट हाउसबाट छजना पक्राउ

Author Image
शुक्रवार, मंसिर १२, २०७७

विराटनगर : अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–९ मा सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट छजनालाई बिहीबार राती पक्राउ गरेको छ । हिमालय हल अगाडिबाट पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई महिला छन् ।

पक्राउ परेका अन्यको नाम खुलाइएको छैन । अनैतिक क्रियाकलाप भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई राति ९ :४५ बजेतिर नियन्त्रणमा लिएको हो । 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 250

प्रतिक्रिया (०)

सम्बन्धित खबर