Aamsanchar

महेन्द्र रत्नमा दोस्रो नमुना विद्यालय भवन शिलन्यास

Author Image
सोमवार, मंसिर १५, २०७७

चारपाने । झापा बिर्तामोड नगरपालिका स्थित श्री महेन्द्र रत्न माध्यमिक विद्यालयमा दोस्रो नमुना विद्यालय भवन शिलन्यास भएको छ ।
सोमबार दोस्रो नमुना भवनको शिलन्यास नेपाल सरकारका महान्यायाधिवक्ता अग्नी खरेलले गरेका छन् ।

सार्वजनिक विद्यालयमा समान शैक्षिक पहुँच, नवीनतम् सूचनाको अधिकतम् प्रयोग, आधुनिक शिक्षण विधिबाट शैक्षिक गुणस्तर तथा जवाफदेही व्यवस्थापनको सुनिस्चित, शुसासनको पक्षहरुलाई प्रभावकारी बनाई परिर्वतिक अभ्यासमार्फत विद्यार्थीहरुको सिकाई उपलब्धीलाई उच्च बनाउन सरकारले अघि सारेको नमुना विद्यायल कार्यक्रम अन्तरगत श्री महेन्द्र रत्न मा नमुना विद्यालय भवन निर्माण कार्य सुरु गरिएको हो ।

पहिलो भवन ।

नेपाल सरकारको पूर्ण सहयोगमा निर्माण हुने दोस्रो भवन तिन तल्लाको हुने र जसका लागि नेपाल सरकारले हाल १ करोड रुपैया विनियोज गरिसकेको विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलले बताए ।
शिलन्यास भएको मितिबाट ६ महिना भित्रमा भवन निर्माण सम्पन्न गर्ने लक्ष राखिएको छ । यस अघि सोही स्थानमा पहिलो भवन लगभग तयारी अबस्थामा पुगेको छ । पहिलो भवन निर्माणका लागि नेपाल सरकारकोे ३ करोड लागतमा निर्माण गरिएको हो भने अझै ३ वटा भवनको लागि प्रथाव पठाईएको छ, जम्मा ५ वटा भवनहरु निर्माण गर्नु पर्ने आवश्यकता रहने भवन निर्माण समितिका संयोजक टंक उप्रेतीले जानकारी दिए ।
शिलन्यास कार्यक्रममा संघिय, प्रदेशका सांसदहरु स्थानिय जनप्रतिनिधी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर