Aamsanchar

भोटर लिस्टमा नाम नभएका हरुलाई न्यानो कपडा वितरण

Author Image
सोमवार, मंसिर १५, २०७७

झापा । झापाका सडक पेटिमा बस्ने असहाय मानवका लागि न्यानो कपडा वितरण गरिएको छ ।

सबैका लागी खाना, नाना र छाना १ भन्नेमुल नाराका साथ हाम्रो अभियान ले काकडभिट्टा बाट यो अभियान सुरु गरेको हो । पूर्वी नाका बाट उर्लाबारी सम्मका सडक आस्रित असहायको लागि ओडने,ओछ्याउने,ज्याकेट,जुत्ता, टोपि, न्यानो कपडाहरु बितरण गरिएको छ । झापाका सडकमा बस्ने मानवका लागि लगडाउनको समयमा राहत बितरण देखि खाना बितरणमा सकृय हाम्रो अभियानले अहिले न्यानो कपडा बितरण गरेको हो ।

सडकमा बस्नेहरु कतिलाई आफू नम्मेको हुर्केको ठेगानानै थाहाँ छैन, त्यसमा नागरिकता, भोटर लिस्ट जस्ता प्रमाण नभएकोले सकारको नजरमा पर्न सकिरहेका छैनन् । यसरी नै मानवीय नाताले मनकारीहरुले कहिलेकाही उपलब्ध गराउने सामान्य खाने र लाउने कुरा नै उनिहरुको लागि जीवनमै ठुलो सहयोग सावित हुने गरेको छ  र औधी रमाउने गर्छन ।

झापाको काकँरभिट्टा ,धुलाबारी ,चारआली, बिर्तामोड ,सुरुङ्गा, दमकका सडकमा बस्ने ५० भन्दा धेरै मानिसलाई न्यानो एक जोर कपडा ,ब्लाङ्केट,म्याट,टोपि बितरण गरिएको हो ।

अभियानका अभियनता नरेश मोहरा, बिष्णु आचार्य, खगेन्द्र घिमिरे, भरत यादव, सन्दिप प्रसाईं, सन्दिप गिरी, बिज्ञानराज पौडेल ,सन्जिव मैनाली,कबिन्द्र श्रेष्ठ ,दिपक दास लगायतको उपस्थिति रहेको थियो । यस कार्यक्रममा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुर्याउनु हुने सकारात्मक मन हरु प्रती अभियान ले धन्यवाद दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 552

प्रतिक्रिया (०)

सम्बन्धित खबर