Aamsanchar

कुटपिट गरी हत्या गरेको आरोपमा मेचीनगरबाट तीन जना पक्राउ

Author Image
सोमवार, मंसिर १५, २०७७

झापा। झापामा कुटपिट गरी हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको छ  पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ४ बस्ने २५ वर्षीय  दिवस लुङ्गेली र सोही ठाउँका ५५ वर्षीय प्रेम भन्ने बेमा दोर्जी तामाङ र २८ वर्षीय विशाल तामाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीका अनुसार मेचीनगर ४ आमडाँगी चोक बस्ने ५० वर्षीय पूर्ण बहादुर प्रधान र प्रेम भन्ने बेमा दोर्जी तामाङ बिच वादविवाद हुँदा प्रधानले उनलाई कुटेका थिए । त्यसपछि उनीहरूले प्रधानलाई कुटपिट गरी गम्भीर घाइते बनेका थिए । घाइते भएका प्रधानलाई तत्काल उपचारका लागि आम्दा अस्पताल धुलाबारी पठाइएको र उनको उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात् इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले उनीहरूलाई पक्राउ गरेको थियो । यता पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धानका भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर