आर्थिक अभावका कारण सही समयमा उपचार गर्न नसकी आफ्नी आमालाई गुमाएका तेह्रथुम फेदाप २ ओयाक्जुङ ५ का देव बास्कोटाले विदेशिने बेलामा धेरै पैसा कमाएर अकालमा ज्यान गुमाउनेहरुलाई सहयोग गर्ने मनमनै प्रतिबद्धता गरेका थिए । सोही प्रतिबद्धता अनुरुप सहयोगी, मिलनसार तथा मिहिनेती स्वभावका बास्कोटाले आफ्नो तेह्र वर्षे प्रवासी जीवनमा ६० लाखभन्दा बढी रुपैयाँ आर्थिक सहयोग गरेर समाजको जिम्मेवार नागरिकका रुपमा आफूलाई प्रस्तुत गरेका छन् । गरिबीको चपेटामा परी दाम कमाउने सपना बोकी तेह्र वर्षअघि साउदी अरबबाट सुरु भएको उनको वैदेशिक रोजगारीको यात्रा अहिले इजरायलमा पुगेको छ । यो अवस्थामा उनले आफ्ना लागि केही दामसँगै नाम पनि कमाइरहेका छन् । समाजसेवा, पत्रकारिता र गीतसंगीतको क्षेत्रमा संघर्षरत बास्कोटाको परिचयमात्र होइन, हिजोआज उनको दैनिकी नै फेरिएको छ । विदेश जाने जोकोहीले दाम त अवश्य कमाउँछन् तर दामसँगै नाम कमाउन सफल भएका छन् उनी ।
उनले आपतविपतमा परेका नेपालीहरुलाई विभिन्न समयमा गरी ६० लाख रुपैयाँ भन्दा बढीको आर्थिक सहयोग त्यस्तै करोड बढी को संयोजन गरेका छन् । बास्कोटाले प्रवासमा रहेर आफुले कमाएको बचाएर नेपालको विभिन्न स्थानहरुमा समाजसेवा, सहयोग तथा पुरस्कार प्रायोजनमा खर्चिदै आएका छन् । गीतसंगीत, पत्रकारिता र समाजसेवामा रुचि भएका बास्कोटाले प्रवासी भूमि इजरायलमा रहेर पनि आफ्नो जन्मभूमिका लागि आफ्नो कमाई खर्चिएका हुन् ।
गरिबीको कारण उपचार गराउन नसकी सानैमा आमा गुमाए कोहि पीडित उपचारको अभावमा अकालमै ज्यान गुमाउ न नपरोस भनी आर्थिक अभावका कारण उपचारमा समस्या भएका बिरामीहरुलाई विषेश सके सम्म सहयोग गर्दै आएका बास्कोटाले अहिले सम्म ६८ जना क्यान्सर तथा मिर्गौला पीडित खेलकुद दैबी प्रकोप पीडित मठ मन्दिर लगायत विभिन्न संघ संस्थालाइ सहयोग गरि सकेको बताए ।
तेह्रथुम सिम्लेका मृगौलापीडित गोपाल निङलेकुलाई आफु लगायत केही सहयोगीको सहकार्यबाट ९० हजार सहयोग गरेका थिए । मृगौलापीडित रानीटार पाँचथरका तारा नेम्बाङलाई ७० हजार, तेह्रथुमको सदरमुकाममा सञ्चालन भएको वातावरणमैत्री श्री कृष्ण जन्माष्टमी मेला तथा फुटबल प्रतियोगिता–२०७२ का लागि ५० हजार उपलब्ध गराएका थिए । त्यस्तै पान्चथरलाई मिडिया ग्रुपका विभिन्न ब्यक्तिसँग मिलेर ७० हजार,
संक्रन्ति आगलागीपीडितका लागि आफु सहित मीडिया ग्रुप मार्फत पहिलो चरण १ लाख ५० हजार, त्यस्तै संक्रन्ति बजार आगलागीपीडितलाई दोश्रो चरणमा इजरायलबाट संकलित ६० हजार उपलब्ध गराएका थिए । त्यस्तै तेह्रथुमको फेदाप २ साबिक ओयाक्जुङ–९ मा रहेको आफैले अध्ययन गरेकोे श्री सिद्धकाली माध्यमिक विद्यालयमा आफुले ७० हजार सहित ६ लाख २४ हजारको लागतमा परदेसिएका पूर्वविद्यार्थीहरुबाट संकलन गरि सरस्वती माताको मुर्ति सहित मन्दिर निर्माण गरि बिद्यालय लाइ हस्तान्तरण गरेका छन्, साथै ओयाक्जुंग ६ कामरुंङ मा रहेको जलकन्या आधारभूत बिद्यालय मा आमाको स्मृतिमा आफ्नु लगानीमा रु ४ लाख ५० हजार बराबरको खर्चमा सरस्वती माताको मुर्ति सहित मन्दिर निर्माण गरि सकेका छन् यि लगायत धेरै व्यक्ति र संघ संस्था समुदायका लागि आर्थिक योगदान दिएका छन् ।
आगामी दिनमा पनि यो कार्यलाई निरन्तरता दिने जानकारी गराएका छन् उनको बिचारमा जीवनमरणको दोसाँधमा रहेका र आर्थिक अभाव कारण उपचार नपाएका पीडितहरुलाई सहयोग गर्नु सच्चा सेवा हो । समाजलाई सकारात्मक बाटोतर्फ उन्मुख गराउन लाग्ने समूह, संस्था वा ब्यक्तिहरुलाई सहयोग गर्नु परिणाममुखी हुन्छ । बास्कोटाले रोजगार, पत्रकारिता र समाजसेवासँगै गीतसंगीतको दुनियाँमा छुट्टै पहिचान बनाइरहेका छन् । उनले ‘कस्तो रहिछ जुनी’, ‘तेह्रथुम सिंहबाहिनी’, ‘काँडेतारको जाली’, ‘पिपल छेउमा वर’, ‘पोहोरको चोली’ लगायत पाँच ओटा एल्बम सार्वजनिक गरिसकेका छन् ।