Aamsanchar

दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु, ९ जना घाइतेको उपचार हुँदै

Author Image
मङ्गलवार, मंसिर १६, २०७७

काठमाडौं । बाँकेको जानकी गाउँपालिका वडा नं. ५ मा दुई समुहका बीचमा झडप हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । हिजो साँझ बनियाँ गाउँमा यादव र गुप्ता समूहका बीचमा पुरानो रिसिबीलाई लिएर भएको झडपमा परी स्थानीय ५४ वर्षीय धनिराम यादवको मृत्यु भएको छ ।

यादवको बेलुका ८ बजेतिर नेपालगञ्ज नरसिंह कलेजमा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिनुभयो । मृतक यादवको टाउकोमा चोट लागेको थियो । पूर्णिमाको अवसरमा हिजो बेलुका गुरुवा गाउँ मेला लागेको थियो । सोही मेलामा पुगेका बाबुलाल यादवको समूहले पुरानो रिसीबी कारण दुई समुहबीच कुटाकुट भएको प्रहरीले जनाएको छ ।

घटनामा घाइते भएका ९ जनाको बाँकेमा उपचार भइरहेको छ । घटनामा संलग्न दुवै ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता चक्कु प्रहारबाट गम्भीर घाइते भएका रौतहटको वृन्दावन नगरपालिका–३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममा मृत्यु भएको छ । उनका छिमेकी १९ वर्षिय रवि रामले उनलाई चक्कु प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । सामान्य विवादमा उनीमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ । प्रहरीले चक्कु प्रहार गर्ने रविलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 110

प्रतिक्रिया (०)

सम्बन्धित खबर