झापा- कोरोनाभाइरसका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड अस्पतालमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको दमककी ८२ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । मृर्गौलासम्बन्धी रोग भएकी उनीमा मंसिर ७ गते कोरोना पोजेटिभ भएको थियो भने सोही दिन अस्पतालमा भर्ना भएकी थिइन् । मंगलबार बिहान मृत्यु भएकी उनको शव नियमानुसार व्यवस्थापन गरिएको अस्पतालले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 291