Aamsanchar

क्यान्सर पिडित बाबुरामलाई सिटौला बन्धुहरुबाट आर्थिक सहयोग

Author Image
बुधवार, मंसिर १७, २०७७

चारपाने । समान्य अवस्थामा हरेक प्राणी आफ्नो लागि आफै संघर्ष गरिरहेकै हुन्छ अझ महसुस र अनुभूत गर्ने गरि मानिसले बाच्नको लागि हरेक पलपलमा संघर्ष गर्दै, परिवार, आफन्त र समाजको लागि उत्तरदायी बनिरहेको हुन्छ । त्यस्तै एक कर्मठ परिश्रमिक झापा मेचीनगर–७ ईटाभट्टाका सिटौला वंश १२ औं पुस्ताका बाबुराम सिटौला मेचीनगरकै काँकडभिट्टामा सानोतिनो व्यवसाय ट्राभलएजेन्सी संचालन गर्दै आएका थिए । उनको कमाईमा एक श्रीमती दुई छोरा एक छोरीको भविश्य गाँसिएको थियो । सिटौला परिवारको लागि मात्र नभएर बन्धुबान्धव छरछिमेकका लागि पनि सकेको सहयोग गरौं भन्ने धेय राख्ने गर्दथिए, उनको त्यही बिचार र समाज, समुदाय प्रतिको झुकावले गर्दा सिटौला सेवा समाज नेपाल झापा शाखामा आजिवन सदस्य पनि रहेका छन् । त्यसैगरी स्थानिय स्तरमा परोपकारी समाजिक संस्थाहरुमा पनि आवद्ध बनेका छन् । उनको यही सिलसिला चलिरहेकै अवस्थामा उनको जीवनमा यतीवेला निकै ठुलो कठिन परिस्थिती सामुन्य आएको छ । त्यो हो क्यान्सर रोग । प्राण घातक मानिएको मुखको क्यान्सरका कारण विगत ६ महिना देखि घर र अस्पताल गर्दै दिनहरु बित्तैछ उनको । विगतका दिनमा क्यान्सर भन्ने वित्तिकै मृत्यु निस्चित भन्ने थियो । क्रमस विज्ञानको विकास संगै आजको दिन सम्म आई पुग्दा क्यान्सर रोग रुपैया पैषा भए सामान्य झै बनेको छ । तर यो रोगबाट छुटकारा पाउन समान्य आर्थिक अवस्था भएकाहरुको लागि अझै पनि प्राणघातक नै मानिन्छ ।

ईटाभट्टामा १३ धुर मात्र जमिन त्यसमा बनेको सानो एकतल्ले पक्की घर बाहेक क्यान्सर पिडित सिटौला संग अरु चल अचल सम्पती छैन । त्यही जायजेथा बेच्ने हो भने उनि संगै उनको परिवार सडकमा आउनुको विकल्प छैन । उनकोे वर्तमान अबस्थालाई देखेर सिटौला सेवा समाज झापा क्षेत्र नं. १ को प्रस्थाव र जिल्ला समित झापाको संयोजनमा बाबुराम सिटौला उपचार सहयोग कोष खडा गरिएको छ ।

कोष मार्फत देश विदेशमा रहेका सिटौलाहरुले सहयोग रकम पठाउन थालेको जिल्ला समितिले बताएको छ । क्यान्सर पिडित सिटौलाको लागि नेपालको तेह्रथुम, ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, धादिङ, नुवाकोट, काभ्रेपलान्चोकबाट सहयोग रकम प्राप्त भईरहेको छ । त्यसैगरी बसोबास र रोजगारीको क्रममा विश्वका विभिन्न देशहरुमा रहेका बन्धुहरुबाट पनि सहयोग रकम पठाउने काम भईरहेको छ । हालै भुटान, बर्मा, भारत, अमेरिका, क्यानडा, लण्डनमाबाट सहयोग जुटिरहेको सिटौला सेवा समाज नेपाल जिल्ला समिति झापाले जानकारी दिएको छ । जिल्ला समिति झापाका अनुसार विदेश बाट ३ लाख ४९ हजार ४ सय ५५ रुपैया प्राप्त भएको त्यसैगरी सिटौला सेवा समाज क्षेत्र नं. १ बाट ३९ हजार ५ सय २५, क्षेत्र नं. २ बाट पहिलो चरणमा ५८ हजार ९ सय १० रुपैया र दोस्रो पटक ४८ हजार २० रुपैया सहयोग रकम उपलब्ध भएको छ । सहयोग उपलब्ध गराउने क्रममै क्षेत्र नंं ४ बाट पाँच हजार, क्षेत्र नं. ५ २७ हजार १ सय १५ रुपैया त्यसैगरी झापा सिटौला समाजको आग्रहमा मेदिनी सिटौलाको पहलमा सुनसरी, मोरङका सिटौलाहरुबाट ३७ हजार ७ सय गरि जम्मा ५ लाख १० हजार ७ सय ३० रुपैया रकम जम्मा भई सकेको छ जम्मा रकम मध्येबाट क्यान्सर पिडित बाबुरामको ईच्छा अनुसार शिवसताक्षीकी क्यानसर पिडित खिलादेवी सिटौलालाई ३२ हजार १ सय १५ रुपैया सहयोग प्रदान गरिएकोे र बाँकी रकम पिडित बाबुराम सिटौला समक्ष उपलब्ध गराईएको झापा शाखाका अध्यक्ष प्रेमप्रकास सिटौलाले बताए ।

बुधबार इटाभट्टा स्थित क्यान्सर पिडित सिटौलाको घरमा केही सिटौला बन्धुहरुको उपस्थितीमा रकम हस्तान्त्रण गरिएको थियो ।
जिल्ला समिति झापाका अध्यक्ष प्रेमप्रकाश सिटौलाको अध्यक्षतामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजिबी यज्ञराज प्रसाईको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा विलास सिटौला, कृष्ण सिटौला, चन्द्र सिटौला, शान्ता सिटौला, खड्गप्रसाद सिटौला,डिल्लीराम सिटौला, गणेश सिटौला, रामप्रसाद सिटौला, चक्र सिटौला लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन जिल्ला उपाध्यक्ष चन्द्र सिटौलाले गरेका थिए ।
सहयोग रकम बुझदै क्यान्सर पिडित सिटौलाकी श्रीमती हरिमाया उप्रेती सिटौलाले सहयोग गर्ने दाता बन्धुहरुमा धन्यवाद व्यक्त गरेकी छिन् । आर्थिक सहयोग गरेर आफ्नो श्रीमानको जीवन बचाई दिन सम्पूर्णमा अपील गर्दै बन्धु बान्धव शुभचिन्तकको सानो सानो सहयोगबाट श्रीमान्लाई छिट्टै निको पर्नेमा आफू आशावादी रहेको बताईन् ।
क्यान्सर पिडित बाबुरामलाई उपचारको लागि भरतपुर क्यान्सर अस्पताल लाने तयारी गरिएको छ ।

सहयोगी दाताहरुको नामावली

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 365

प्रतिक्रिया (०)

सम्बन्धित खबर