![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/11/ramro.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2020/12/अन्तर्राष्ट्रिय-अपाङ्ग-दिवस.jpg)
१५ वर्षकी आशा सुनार, पर्वत जिल्लामा बस्छिन्, दुबै खुट्टामा पोलियो लागेर हिँड्न नसक्ने उनि आफ्नो स्कूलको दोश्रो तल्लामा चढ्न सक्दिनन किनकि भर्याङ्ग अपाङ्गमैत्री छैन र ठाडो उकालो चढ्न उनकालागि कदापी सहज छैन । के उनको विद्यालयको यो संरचना उनकोलागि योग्य छ त?
![](https://aamsanchar.com/wp-content/uploads/2024/08/manav-Finel.gif)
अनि आशा सुनारको जीवनका अफ्ठेरोहरु कोरोना पछिको विश्वमा झनै अफ्ठेरोमा परेको छ । कोरोनाले यसवर्ष पारेको विषम प्रभावका कारण आशाजस्ता धेरै अपांगता भएका मान्छेहरु जीवन झनै कष्टकर भएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/nepal-s-yyy.gif)
यस्तै आशाजस्ता लाखौं अरु मान्छेहरु छन्, संसारको कूल जनसंख्यामध्ये १५ प्रतिशत जनसंख्यालाई कुनै न कुनै रुपको अपाङ्गता छ तर उनिहरुको हरेक ठाँउमा समान पहुँच छैन ।
![](https://aamsanchar.com/wp-content/uploads/2025/01/birta-h.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2024/12/kasham.gif)
महोत्तरी जिल्लाका काशी साह दृष्टिविहिन छन्, नागरीकता लिन जाँदा सिडियो कार्यलयमाथी जान उनलाई अप्ठेरो भयो । यस्ता धेरै कार्यालय र संरचनाहरूमा अपाङ्गता भएकाहरुको समान पहुँच छैन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/09/C-REC-1.67-MB.gif)
टिभीमा आउने समाचार मैले केही पनि बुझ्दिन र कति मनलागे पनि सिरियलहरु बुझ्न सक्दिन, अरुहरु हास्य कार्यक्रम हेरेर हाँसेको देख्दा मलाई पनि बुझेर हाँस्न मन लाग्छ तर सक्दिन बाग्लुङ्ग कि सुस्त श्रवण बहिनी विनिता डिसीले हाम्रो पात्रोसंग कुराकानीको क्रममा बताउनुभयो ।
यस्तै गुनासो बाँकेका दृष्टिविहिन शिवराज वि.के.को छ, कुनैपनि पत्रिकाहरु व्रेललिपीमा आँउदैनन्, हामी बाहिरी संसारका सुचनाबाट कहिलेसम्म पर रहने ?
म्याग्दीका दृष्टिविहिन साथी गणेश सुवेदि, आफ्नो प्यारो मोबाईल सहयात्री हाम्रो पात्रो हरेक दिन चलाउनुहुन्छ, वहाँले अडियोका मार्फतबाट दिन विशेषका जानकारी लिनुहुन्छ, अझै सहज र अपांगमैत्री अडियो राखिदिन वहाँको हाम्रो पात्रोसँग आग्रह छ र हाम्रो पात्रो पनि आफ्ना प्रयोगकर्ताको भावना प्रति कटिवद्ध छ । अपांगमैत्री समाज र सुचनाका संरचनाहरु आजको आवश्यक्ता हो ।
वास्तवमै समाजलाई र संसारलाई अपाङ्गमैत्री बनाउन जरुरी छ, समावेशी भनेको भाषा, संस्कृती, भू-भाग मात्र नभई अपाङ्ग साथीहरुलाई पनि सहज तवरमा संगै लिएर विकासको दौडमा हिंड्न सफल बनाउनु पनि हो ।
अझ अहिलेको अवस्थामा अपांगता भएका मान्छेहरुको जीवनको कठिनाई झनै धेरै भएको छ । कोरोना त्राससंगै अपांगता भएका मान्छेहरुको अफ्ठेरो झनै धेरै भएको स्पष्ट छ । यस वर्ष कोरोना त्राससंगै अपांगता भएका मान्छेहरुको बढेको अफेठेरोलाई सम्वोधन गर्न अन्तराष्ट्रिय अपांगता दिवसको नारा नै “Building Back Better: toward a disability-inclusive, accessible and sustainable post COVID-19 World” हो ।
यसको अर्थ हुन्छ, अपांगता मैत्री, समावेशी, पहुँचपूर्ण र दिर्घकालिन पोष्ट कोभिड विश्वका लागि सुधारात्मक पूर्ननिर्माण भन्ने हुन्छ ।
अपाङ्गतालाई समान अवसरले सकारात्मक वातावरणकाबिचमा राख्नसके सपाङ्ग झै अथवा त्यो भन्दा धेरै व्यवस्थित ढङ्गले कुनैपनि चुनाैतिको सामना गर्न सक्दछन् । चाहे ती साहित्यकार झमक कुमारी जस्ता पात्र हुन् या हेलेन केलर या स्टेफेन हक्वीनस् नै किन नहुन । खाने मुखलाई जुँगाले छेकेको छैन, समाजमा रहेका कुनै न कुनै किसिमले अपाङ्गतामा रहनुभएका दाजुभाई, दिदीवहिनी, आमाबुवाहरुमा आज हाम्रो पात्रोको हार्दिक नमन र सम्मानका शब्दहरु ।
सन् १९९२ बाट हरेक वर्षको ३ डिसेम्बर दिन संसारभरि विश्व अपांङ्गता दिवस मनाईन्छ । आजको दिन विभिन्न कार्यक्रम तथा गोष्ठी, र्यालीहरु आयोजना गरिन्छ, समानता र हौसलाको नारा गुञ्जायमान हुन्छ र वर्षभरि यी आवाजहरु गुञ्जीरहुन् भन्ने कामना पनि छ ।
अपाङ्गता भएका ब्यक्तिहरुले गर्नुभएको सकारात्मक र उपलब्धिमूलक कथाहरुलाई पनि आज विश्व समूदायले विभिन्न माध्यम मार्फत् अवलोकन र श्रवण गर्नेगर्दछन् भने अर्कोतर्फ अपाङ्गमैत्री समाज अनि संरचनाकालागि पैरवी पनि गरिन्छ । हरेक सरकार अनि सङ्गठनहरुले अपाङ्गगता भएकाहरूलाई प्राथमिकतामा राख्ने अनि समान वातावरण दिने प्रतिवद्धता राखेका हुन्छन र आज त्यो वाचा गरेका कुराहरू उपलब्धिका रूपमा कति प्राप्त भए वा भएनन भन्ने याद दिलाउने दिन पनि हो ।
अपाङ्गता भएको जनसंख्यालाई साथै लिएर हिंड्न नसक्ने हो भने संसारले दिगो र फराकिलो विकास पाउन सक्दैन् । समावेशी र समान समाजको परिकल्पना नै आजको टड्कारो आवश्यक्ता हो ।
नेपाल सरकार लगायत विभिन्न सरकारी र गैर सरकारी संस्थाहरुले अपाङ्गताकालागि धेरै परियोजना कानुनतः पैरवीहरु गरिरहेका छन् । अपाङ्गता विभिन्न किसिमको हुन्छ र हरेक प्रकारका अपाङ्गताकालागि विशेष प्रविधी र ब्यवस्था जरुरी हुन्छ, सबैको ध्यान यसतर्फ पुग्न जरुरी छ । प्रत्येक विद्यालयहरुमा सहज अपाङ्गमैत्री शिक्षा जस्तैः व्रेल लिपी अनि साङ्केतिक भाषामा शिक्षाको व्यवस्था, सहज आवत-जावतगर्न अपाङ्गमैत्री संरचना जरुरी छ । अपाङ्गता भएका साथीहरुमा राज्यले गरेका लगानी पक्कै खेर जाँदैन किनकि सक्षम नागरीक उत्पादन गर्न सके वहाँहरुको सेवा र क्षमताले राज्यको विकासमा नै थप टेवा पुग्नेछ ।
तपाई हामी चाहे सपाङ्ग छौं या अपाङ्ग, हामीले चाहेर या नचाहेर अपाङ्गता हुने या नहुने हैन् । अपाङ्गता भएका साथीहरुलाई माया, सद्भाव, समान हेराई अनि हौसलाको खाँचो छ । वहाँहरुको आत्मविश्वास सदैव कायम रहोस् अनि सृजनात्मक अनि संरचनात्मक कार्यमा वहाँहरुको निरन्तर अर्थपूर्ण सहभागीता होस् ।
आफ्नो जीवनयापनकालागि अर्काको भर पर्न नपरेमा मात्र आत्मस्वाभिमान अनि समानताको भावना पलाउँदछ, सरकार, अन्तराष्ट्रिय समूदाय र गैरसरकारी संस्थाहरुको पनि अपाङ्गता भएका साथीहरुको जीवनयापन सीप र आम्दानीको सृजना गर्नेतर्फ ध्यान दिएको पाईन्छ, जुन अत्यन्त राम्रो विषय हो । सीपमूलक व्यवसाय गरेर जीवनयापन गर्न सक्षम बनाउँदै शिक्षाको न्यानो उज्यालोबाट अपाङ्गता भएकै कारणले छुट्न नपरोस्, समाजमा समान ब्यवहार पाईयोस् अनि सहज स्वास्थोपचार व्यवस्थित होस् । अपाङ्गता सोंचले सिमित नहोस् अनि यसमा सबै साथीहरुको साथ, सहयोग अनि प्रतिवद्धता रहोस् ।