काठमाडौं । विवेकशील नेपाल दलका दुईजना पदाधिकारीसहित १३ जना संघीय समिति सदस्य साझासँगको एकतामा सहभागी नहुने भएका छन् । पार्टी एकताका लागि साझा र विवेकशीलका वार्तासमितिबीच एकता गर्ने सहमति गरेपछि विवेकशीलकी उपाध्यक्ष अजीता राई र सचिव (कार्यालय व्यवस्थापन) संगीता बटाजुलगायत १३ संघीय समिति सदस्यले अब बन्ने विवेकशील साझा पार्टीमा सहभागी नहुने निर्णय गरेका हुन् ।
विवेकशीलको संघीय समितिमा जम्मा ३५ जना रहेका छन् । जसमा १३ जनाले एकतामा सहभागी नहुने भएपछि अब २२ जनामात्रै विवेकशील साझामा रहनेछन् । रवीन्द्र मिश्र अध्यक्ष र मिलन पाण्डे संयोजक हुने गरी साझा र विवेकशीलबीच एकता गर्ने सहमति भइसकेको छ ।
एकता प्रक्रियामा सहभागी नहुनेहरु
१. अजीता राई – उपाध्यक्ष
२. संगीता बाटाजु – सचिव (कार्यालय व्यवस्थापन)
३. कर्मा लामा तामाङ – संघीय समिति सदस्य
४. छिरिंग तामाङ – संघीय समिति सदस्य
५. विजय बाबु शिवाकोटी – संघीय समिति सदस्य
६. जेसन बैद्य – संघीय समिति सदस्य
७. शिशिर राई – संघीय समिति सदस्य
८. जमाल अली – संघीय समिति सदस्य
९. आशीष राई – संघीय समिति सदस्य
१०. ज्ञानेन्द्र निरौला – संघीय समिति सदस्य
११. साधना थुलुङ्ग राई – संघीय समिति सदस्य
१२. शशिविक्रम कार्की – संघीय समिति सदस्य
१३. आलोक सुवेदी – संघीय समिति सदस्य