

चारपाने । राप्रपा झापाले भोली विशाल रयालीको आयोजना गर्ने भएको छ ।

आयोजनाको अघिल्लो दिन आज बिर्तामोडमा पत्रकार भेटघाट कार्यक्रम गरी रयाली आयोजना गर्ने राप्रपा झापाले जानकारी दिएको हो ।
राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा जनदवाब सिर्जना गर्न राष्ट्रिय पजातन्त्र पार्टी झापाले शनिबार विशाल मोटर तथा मोटरसाइकल ¥यालीको आयोजना गर्ने भएको हो । झापाको मेचीनगर काँकडभिट्टाबाट सुरु हुने मोटरसाईकल तथा साना गाडीको ताती बिर्तामोड सम्म आउने बताईएको छ । रयालीमा दशौँ हजारको संख्यामा प्रदर्शनकारी उतार्ने राप्रपाको तयारी रहेको राप्रपा झापाका अध्यक्ष अमर विष्टले बताए ।

स्वस्फूर्त रूपमा राजसंस्था र हिन्दुराष्ट्रका पक्षमा देशभर भइरहेको ¥याली कार्यक्रम अन्तरगत राप्रपा राप्रपा झापाले मोटर तथा मोटरसाइकल ¥यालीको आयोजना गर्ने निर्णय गरेको हो । झापामा हुने प्रदर्शनको नेतृत्व संघीय सांसद् तथा राप्रपा नेता राजेन्द्र लिङ्देनले गर्दैछन् । उनी झापा क्षेत्र नम्बर–३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
राजसंस्था र हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी, भ्रष्टाचार नियन्त्रण, कोरोना व्यवस्थापनमा सरकारको असक्षमता, रासायनिक मलको अभाव लगायत जनजिविकासँग सम्बन्धित विषयमा जनदवाब सिर्जना गर्न ¥यालीको आयोजना गर्न लागिएको रयाली व्यवस्थापन समितिका संयोजक, राष्ट्रिय प्रजातान्त्रिक संगठन युवा नेपालका केन्द्रिय उपाध्यक्ष धुब्र उप्रेती बताए । उनले भने ‘शान्तिपूर्ण कार्यक्रम गर्ने तयारी भएको छ । सके सम्म सर्वसाधारणलाई सास्ती नहुनेगरी रयाली गरिने छ ।’
रयालीमा समान विचार राख्ने सबै व्यक्ति, संगठन र पार्टीलाई राष्ट्रिय झण्डा, आ–आफ्नो संस्था, संगठन र पार्टीको झण्डासहित सहभागी हुन राप्रपा झापाले अपिल गरेको राप्रपा झापाका उपाध्क्ष कमल खरेलले बताएका छन् ।
शनिबार झापामा हुने प्रदर्शनका लागि जिल्लाका १५ वटै स्थानीय तहबाट नागरिकहरु पूर्वी नाका काँकडभिट्टा प्रस्थान गर्नेछन् । दिउँसो साढे १२ बजे काँकडभिट्टाबाट एकीकृत ¥याली प्रारम्भ हुनेछ । दुई बजे बिर्तामोडमा संक्षिप्त सभासहित कार्यक्रम सम्पन्न हुने राप्रपा झापाका सचिव केशबप्रसाद ओझाले बताए ।
कार्यक्रममा सहभागी हुनेले मास्क सेनिटाईजरको अनिवार्य प्रयोग गर्नुपर्ने नियम सर्कुलर गरिएको बताइएको छ ।

