अन्तरिक्ष पहिलो पटक मुला फलाईएको छ । यसलाई सन् २०२१ मा धर्तीमा ल्याइनेछ । नासाकी अंतरिक्षयात्री तथा फ्लाइट इन्जिनियर केट रुबिन्सले पहिलो पटक इन्टरनेशनल स्पेश स्टेशनमा फलाइएको मूला उखेलेकी हुन् । केटलाई २० वटा मूलालाई प्याक गरेर सन् २०२१ मा पृथ्वीमा ल्याउनका लागि कोल्ड स्टोरेजमा राखेकी छिन् ।
नासाले ट्वीटरमा यसबारे जानकारी दिएको हो । नासाले यो परीक्षणको नाम प्लान्ट हेबिटेट–०२ राखेको छ । स्पेस स्टेशनमा फलाउनका लागि मूला नै यसकारण रोजियो किनभने वैज्ञानिकलाई विश्वास थियो कि यो २७ दिनमा तयार हुनेछ । यहाँ फलाइएको मूलामा पोषक तत्व पनि छन् र यो खान लायक पनि छ ।
इन्टरनेशनल स्पेस स्टेशनको ट्वीटरमा दिइएको जानकारी अनुसार अध्ययनका लागि मूला प्रयोग गर्नुको कारण यो पौष्टिक तत्वले भरिपूर्ण हुन्छ र यो तीब्र गतीमा फल्ने गर्छ ।
नासाका अनुसार मूला फलाउन धेरै हेरविचारको पनि आवश्यकता पर्दैन । स्पेसको जुन चेम्बरमा यो फलाइएको छ, त्यहाँ रातो, निलो, हरियो र सेतो एलइडी लाइटको प्रकाश राखिन्छ ता कि बोटको विकास राम्रो होस् । अंतरिक्षमा फलाइएको मूलाको तुलना फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा फलाइएको मूलासँग गरिनेछ ।
मूला प्लान्ट ह्याबिटेट अध्ययनका लागि प्रयोग गरिन्छ किनभने यो पौष्टिक तत्वले भरिपूर्ण हुनुका साथै तीब्र रुपमा बढ्छ र जेनेटिक रुपमा अंतरिक्षमा धेरैजसो अध्ययन गरिने बिरुवा अराबिडोप्सिस जस्तै हुन्छ । मूलालाई एड्भान्स प्लान्ट ह्याबिटेटमा फलाइन्छ । एड्भान्स प्लान्ट ह्याबिटेट बोटबिरुवाको शोधको विकासको चेम्बर हो ।