Aamsanchar

प्रहरीको पेस्तोल खोसेर तस्करले गोली चलाउँदा तस्कर समुहकै अर्का एक घाइते

Author Image
आइतवार, मंसिर २१, २०७७

काठमाडौँ । बुटवलमा प्रहरीको पेस्तोल खोसेर गैंडाको खाग तस्करले गोली चलाएको छ । तस्करले चलाएको गोली लागेर एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आइतबार बिहान बुटवल उपमहानरगरपालिकास्थित चौराह र मिलनचोकको बीचमा रहेको कलश होटलमा गोली चलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।

तस्करको गोली लागेका घाइतेको पहिचान भइसकेको छैन । घाइतेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको राठौरले बताए । राठौरका अनुसार घाइतेको चिउँडोमा गोली लागेको छ । ‘तस्करले चलाएको गोली लागेर तस्कर समूहकै एकजना घाइते भएको हो,’ डीएसपी राठौरले भने, ‘पेस्तोल खोसिएका प्रहरी भने सकुशल रहेका छन् ।’ प्रहरीले होटलबाट दुई जनालाई नियन्त्रणमा लिएको छ भने एकजना फरार भएका छन् । होटलमा बसेकाहरूले खाग तस्करी गरेको सुराकीको आधारमा प्रहरी टोली होटलमा पुगेको थियो । प्रहरी आएको सूचना पाउनेबित्तिकै तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली चलाएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर