

पाँचथर – पाँचथरको हिलिहाङ गाउँपालिका ६ मा गएको कात्तिक ३० गते हराएका एक बालक मृत भेटिएका छन् । हिलिहाङ ६ का आईन्द्र हाङसरुम्बाको तीन बर्षीय छोरा कार्तिके भिरको ओडारमा मृत भेटिएका हुन् ।

आफ्नै घर वरिपरि खेल्ने क्रममा कात्तिक ३० गतेदेखि अचानक हराइरहेका बालकको खोजी भइरहेकोमा ओडारमा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । बालकको शवलाई सोमबारै जिल्ला अस्पताल पाँचथरमा परीक्षण गरि परिवारलाई बुझाइएको पाँचथर प्रहरीले जनाएको छ ।
Views: 252

