Aamsanchar

पाँचथरको फिदिमस्थित एक घरमा आगलागी हुँदा १३ लाखको क्षति

Author Image
बुधवार, मंसिर २४, २०७७

पाँचथर – फिदिम नगरपालिका–४ को एक घरमा आगलागी हुँदा १३ लाख रुपैयाँ बराबरको क्षति भएको छ। साँझ ६ बजे फिदिम–४ गढीका सोमनाथ ढकालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो।

आगलागीबाट ढकालको दुई तले कच्ची घर तथा घरमा रहेका सम्पूर्ण सामग्री, नगद करिब एक लाख, पाँच तोला सुनसमेत जल्दा करिब १३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। आगलागी फिदिम नगरपालिकाका दुई वटा वारुण यन्त्रको सहायतामा सुरक्षाकर्मी, स्थानीयवासीलगायतले नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)