Aamsanchar

अदुवा पानीको फाईदा : पेटको बोसो घटाउन देखी पाचन प्रणाली दरुस्त पार्ने सम्म

Author Image
बिहिवार, मंसिर २५, २०७७

एजेन्सी – नेपाली भान्सामा धेरैले खानाको स्वाद बढाउन र सुगन्ध बढाउन खानामा अदुवा प्रयोग गर्ने गर्छन् । तर, अदुवाले खानामा स्वाद मात्रै होइन मोटोपनको समस्याबाट गुज्रिरहेकाका लागि पनि फाइदाजनक हुन्छ ।

अदुवाको पानीले रगत जम्ने समस्या हुन दिँदैन भने रक्तसञ्चार पनि ठिक गराउँछ । कोलेस्ट्रोलको मात्रा कम गर्ने, जोर्नी दुख्ने समस्या कम गर्ने आदि गर्छ । यसमा हुने एन्टी अक्सिडेन्टले शरीरलाई सफा गर्छ । यसले थुप्रै प्रकारका रोगहरुमा समेत सहयोग गर्छ भने क्यान्सरसँग लड्न पनि सहयोग गर्छ ।

अदुवा पानी बनाउने तरिका
अदुवाको पानी तयार गर्नका लागि डेढ लिटर पानी उमाल्ने, पानी उम्लिन थालेपछि अदुवाको स–साना टुक्रा पानीमा हाल्ने र त्यसलाई पनि उमाल्ने । अदुवा हालेको पानी उम्लिएपछि १५ मिनेटसम्म चिसो हुन छोडिदिने । अदुवा हालेको पानी चिसो भएपछि कागतीको रस मिसाउने । तयार भएको पानी दिनमा दुई वा तीनपटक पिउने गर्नुपर्छ । यो पानी बिहान खाजाअघि र रातिको खानाअघि पिउने गर्नुपर्छ ।

फाइदा
अदुवा पानीले प्रतिरोधात्मक क्षमता बढाउने काम गर्छ । त्यति मात्र होइन जोर्नीको दुखाई कम गर्ने र मोटोपन कम गर्ने गर्छ । अदुवा पानी रुघाखोकी, ज्वरो जस्ता रोगबाट पनि बचाउँछ । यसले रक्तसञ्चार पनि सन्तुलित गराउँछ । पाचन प्रणालीलाई पनि दरुस्त बनाउँछ । केही दिन निरन्तर यो पानी पिउँदा पेटमा लागेको बोसो बिस्तारै कम हुँदै जान्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 121

प्रतिक्रिया (०)

सम्बन्धित खबर