Aamsanchar

मोरङको विराटनगरमा सय जनाले गरे प्लाज्मा र रक्तदान

Author Image
बिहिवार, मंसिर २५, २०७७

मोरङ – कोरोना भाइरस सङ्क्रमणको कहरको समयमा रगत अभाव हुन नदिन विराटनगर महानगरपालिकाले बिहीबार आयोजना गरेको कार्यक्रममा सय जनाले रक्तदान गरेका छन् । ‘रक्तदान गरेर हेर्नुस्, खुसी मिल्छ’ भन्ने नाराका साथ गरिएको कार्यक्रमको उद्घाटन गर्दै महानगरपालिकाका प्रमुख भीम पराजुलीले कोभिड–१९ सङ्क्रमितमा हुने रगत अभावको अवस्था अन्त्य गर्न कार्यक्रमले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख पराजुलीले बिहीबारसमेत गरेर आफूले ५४ पटक रक्तदान गरिसकेको जानकारी दिँदै प्लाज्मा तथा रक्तदातालाई प्रमाणपत्र पनि वितरण गर्नुभयो । विराटनगर निवासी रक्तदाता रवि शाहले रक्तदान गर्नु एकदमै राम्रो कर्म भएकाले हरेक स्वस्थ मानिसलाई रक्तदान गर्न सुझाव दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर