Aamsanchar

चक्का खुस्केर झापामा पिकअप भ्यान दुर्घटना,एक जनाको मृत्यु, चार घाइते

Author Image
शुक्रवार, मंसिर २६, २०७७

झापा- झापामा मार्बल लोड गरिएको पिकअप भ्यान दुर्घटना भएको छ। भ्यान दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ, भने अन्य चार जना घाइते भएका छन्। दुर्घटनामा दमक नगरपालिका ९ बस्ने ५५ वर्षीय मङ्गल चौधरीको मृत्यु भएको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। प्रहरीका अनुसार शुक्रबार बिहान १० बजे कमल गाउँपालिका ७ स्थित पाडाजुगी– गौरीगञ्ज सडक खण्डअन्तर्गत गेउरियामा मे१च ६४९७ नम्बरको पिकअप भ्यान पल्टिँदा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाँच जनामध्ये घाइते मध्ये चौधरीको लाइफलाइन अस्पताल दमकमा पुर्याए लगतै मृत्यु भएको थियो।

त्यस्तै, घाइते दमककै २६ वर्षीय सुनिल चौधरीलाई थप उपचारका लागि विराटनगर पठाइएको छ भने जलेश्वर चौधरीको दमकमा उपचार भइरहेको छ। अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ। मार्वस बोकेर गौरीगञ्जतर्फ जाँदै गरेको पिक अप भ्यानको चक्का खुस्केर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। यता, पिकअप र चालक दमक नगरपालिका ६ बस्ने २० वर्षीय रोहण यादवलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 522

प्रतिक्रिया (०)