Aamsanchar

बिर्तामोडमा सात दिने फोटो पत्रकारिता तालिम सुरु

Author Image
आइतवार, मंसिर २८, २०७७

बिर्तामोड । नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको प्राविधिक सहयोग र मनकामना कलेजको सहजिकरणमा सात दिवशिय फोटो पत्रकारिता (फोटोग्राफी) तालिम सुरु भएको छ ।

मनकामना कलेज बिर्तामोडमा ब्यचलर तेस्रो बर्षमा अध्ययनरत विद्यार्थीहरुलाई फोटो पत्रकारिता र फोटोग्राफी सम्बन्धी कार्यशाला सहित तालिम दिन सुरु गरिएको हो । कलेजका ३० जना भन्दा धेरै पत्रकारिता विषयमा अध्ययन गर्दै आएका बिद्यार्थीहरु तालिममा सहभागी बनेका छन् ।

कितावमा मात्र पत्रकारिता पढदै आएका विद्यार्थीलाई अझ छिटो र सहज रुपमा सिकाउन सजिलो र प्रभावकारी बनाउन कलेजले यस पटकबाट प्रयोगात्मक सिकाई अभ्यास सुरु गरेको कलेजका शिक्षक सौरभ प्रसाईले बताए ।

आईतबार विर्तामोड स्थित कलेजमा सुरु भएको प्रशिक्षणमा नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य झापा शाखाका निवर्तमान अध्यक्ष शिद्धार्थ नविन उप्रेतीको संयोजकत्वमा सुरुभएको हो ।

प्रशिक्षण उद्घाटन कार्यक्रममा नेपाल फोटो पत्रकार महासंघ झापाका अध्यक्ष विनोद पाण्डे, केन्द्रिय सदस्य उप्रेती र झापा शाखाका कोषाध्यक्ष शरद जोशीले सहजीकरण गरेका थिए ।

सात दिनको सिकाई कार्य अन्तरगत दुई दिन कलेजमै आधारभूत फोटो पत्रकारिता सम्बन्धी अन्तरक्रिया र बाँकी दिनहरु खुल्ला स्थानमा गएर क्यामरा प्रयोग बिषयमा प्रशिक्षण गराईने अध्यक्ष पाण्डेले बताए । प्रशिक्षण अबधीभर जिल्ला उपाध्यक्ष इन्द्रजित मुखिया, सचिव विष्णु लामिछाने, फोटोपत्रकार लोकेश अधिकारी, धर्म प्रसाई लगायतले सहजीकरण गर्ने छन ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 317

प्रतिक्रिया (०)

सम्बन्धित खबर