Aamsanchar

पाँच हजार एक सय ८१ जनाको पीसीआर परीक्षणमा आठ सय ३० जनामा सङ्क्रमण

Author Image
आइतवार, मंसिर २८, २०७७

काठमाण्डौ – गएको २४ घण्टामा नेपालमा आठ सय ३० जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ४८ हजार चार सय २३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा पाँच हजार एक सय ८१ जनाको पीसीआर परीक्षण भएकोमा आठ सय ३० जनामा सङ्क्रमण देखिएको हो । नेपालमा अहिले १० हजार नौ सय ९४ जना सक्रिय सङ्क्रमित छन् ।

यस्तै, आइतबार एक हजार पाँच सय जना कोरोना सङ्क्रमणमुक्त भएसँगै निको हुनेको सङ्ख्या दुई लाख ३५ हजार सात ३१ पुगेको छ ।

गएको २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण नौ जनाको ज्यान गएको छ । योसँगै सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ९८ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर