Aamsanchar

सरकार असक्षम भयो भन्दै झापामा काँग्रेस द्वारा विशाल प्रर्दशन

Author Image
सोमवार, मंसिर २९, २०७७

विर्तामोड । नेपाली कांग्रेसले आज झापामा सशक्त प्रतिपक्षको रुपमा आफूलाई प्रस्तुत गरेको छ ।

सरकारले जनताका न्युनत आवश्यकतालाई व्यवस्था गर्दै पार्टी र कार्यकर्ताको पक्षमा मात्र आफ्ना गतिविधीहरुलाई केन्द्रित गरेको भन्दै त्यस्तो कार्य बन्द गरेर जनताको पक्षमा काम गर्नकोे लागि सरकारको ध्यानआर्कषण गराउन देशब्यापी प्रदर्शनमा उत्रिएको कांग्रेसले झापामा विशाल मोटरसाईकल रयाली र विरोध सभा सम्पन्न गरेको छ ।
सुरंगा बजार बाट बिर्तामोड सम्मको करिव १२ किलोमिटर दुरीमा रयाली गरिएको थियो । रयालीमा झापाका गाउँ गाउँबाट आएका कार्यकर्ता र सर्वसाधारणहरुले ल्याएको मोटरसाईकल र गाडीका कारण करिव ३ घण्टा मुख्य राजमार्गमा सवारी आवगमनमा अवरोध पुगेको थियो । रयालीमा करिव १५ हजार मोटर साईकल र विरोध सभामा विस हजार भन्दा धेरै मानिसको उपस्थिती रहेको बिरोध सभाका सभाध्यक्ष नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाले बताए ।

विहान १२ बजे पूर्व निर्धारित समयभन्दा केही ढिलोगरी सुरुंगाबाट कांग्रेसले निकालेको मोटरसाइलक र्याली विर्तामोड आइपुग्दा पुरै राजमार्ग भरिभराउ भएको थियो । अत्याधिक मोटरसाईकल भएका कारणले र्यालीलाई एकिकृत गरेर विर्तामोड सम्म ल्याउन भने कांग्रेस चुकेको थियो । रयाली झुण्ड झुण्ड गरेर बिर्तामोड आई पुगेको थियो ।

सहभागीले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । रयाली अनुशासित थियो । वर्तमान कम्युनिष्ट सरकार गठन भए यता कांग्रेसले आयोजना गरेको यो सबैभन्दा वृहत प्रदर्शन हो ।

बिर्तामोडको सुगम पेट्रोलपंम निजिकैको खुल्ला चौरमा विरोध सभा भएको थियो, सडकमा चार तारे झण्डा र फाट्ट फुट्ट राष्ट्रिय झण्डा फहराउदै विभिन्न क्षेत्रबाट विर्तामोड आईपुगेको मानव सागर देख्दा सरकार, मन्त्रीहरुको कार्यशैली प्रति जनता निरास भएर विरोधमा आएको प्रत्यक्षदर्सी सर्वसाधारणहरुले कोनेखुसी अफ गर्दै गरेको पनि भेटिएको थियो ।

प्रधानमन्त्री केपी ओलीको गृह जिल्लामा केही दिन अधि राप्रपाले पनि शक्ति पर्दशन गर्नु त्यस लगत्तै कांग्रेसको झन ठुलो प्रर्दशनले सरकारलाई पनि सोच्न बाध्य बनाएको छ ।

विरोध सभालाई केन्द्रीय सहमहामन्त्री सभाका प्रमुख अतिथि डा. प्रकाशरण महतले सम्वोधन गरेका थिए । त्यसैगरी पार्टीका केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य केशवकुमार बुढाथोकी, केन्द्रीय सदस्य भारतेन्दु मल्लिक, नेपाली कांग्रेस राष्ट्रिय सभा पूर्व प्रमुख सचेतक सरिता प्रसाई लगायतले सम्वोधन गरेका थिए ।

भिडियो हेर्नको लागि आमसंचारको फेसबुक पेजमा जानु होला ।

 

 

 

Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर