Aamsanchar

मोरङको अमरदह बजारमा भिषण आगलागी

Author Image
मङ्गलवार, मंसिर ३०, २०७७

विराटनगर । मोरङको अमरदह बजारमा भिषण आगलागी भएको छ । बजारमा रहेको पुराना व्यापारी पारस साहको थोक किराना पसलमा मध्यरातबाट शुरु भएको आगो आज बिहान पख मात्रै नियन्त्रणमा आएको हो ।

आगो निभाउन विराटनगर, दमक, बेलबारी र कानेपोखरीबाट चारवटा दमकल अमरदह बजार पुगेका थिए । मोरङ प्रहरीले आगलागीको कारण नखुलेको तर बिजुली सर्ट भएर लागेको हुनसक्ने जनाएको छ । स्थानीय, प्रहरी र बारुणयन्त्र कर्मचारीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । आगलागी बाट पसलका अधिकांश सामान जलेर नष्ट भएको छ । स्थानीय प्रत्यक्षदर्शी राजेन्द्र सापकोटाले रातभर जसो आगो दन्किरहेको देखेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर