Aamsanchar

उदयपुरको त्रियुगास्थित एक क्रसर उद्योगमा दुई वटा बम विस्फोट, १० लाख बराबरको क्षति

Author Image
मङ्गलवार, मंसिर ३०, २०७७

उदयपुर : त्रियुगा नगरपालिका–१४ धाप्लाङमा रहेको क्रसर उद्योगमा सोमबार रात दुई वटा बम विस्फोट भएका छन्। ६ जनाको संख्यामा आएका अज्ञात समूहले राति सवा १० बजे कञ्चनजंघा गोल्डेन गुड जेवीको क्रसर उद्योगमा बम विस्फोट गराएका हुन्। विस्फोटबाट उद्योगको मेनकन्वियर वेल्ट, मोटर, जेसिबी र तेलसहितको ड्रममा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए।

मुकुन्डो लगाएर उद्योगभित्र पसेको समूहले विस्फोटपछि गर्नुपूर्व सुरक्षागार्ड कर्णबहादुर तामाङलाई पेस्तोल देखाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए। प्रतिकार गर्न खोज्दा तामाङमाथि कुटपिट भएको प्रहरीले जनाएको छ। विस्फोटबाट उद्योगको करिब १० लाख बराबरको क्षति भएको र विस्फोटनसँगै खुकुरीले मेसिन घुमाउने फित्ता काटेको, तेलको ड्रममा आगो लगाउने प्रयास गर्दा स्थानीय आएपछि भागेको सुरक्षागार्ड कर्णबहादुरले बताए।

कर्णबहादुरले भने, ‘दिउँसो एक जना नचिनेका व्यक्ति आएर सोधीखोजी गरेका थिए, राति अकास्मात् आएर मलाई पेस्तोल र खुकुरी देखाए, प्रतिकार गर्न खोज्दा कुटपिट गरे।’ विस्फोट भएको बम सुतली र सकेट हुन सक्ने प्रहरी जनाएको छ। उदयपुरमा एक महिनाको समयमा सौर्य सिमेन्ट उद्योगको खानी क्षेत्र र ताप्ली गाउँपालिकालाई लक्ष्य गरी अज्ञात समूहले बम विस्फोटन गराएका थिए। उता उदयपुर प्रहरी प्रमुख ९एसपी० भीम दाहालले प्रहरी सक्रियता बढाएको बताए पनि जिल्लामा अज्ञात समूहले बम विस्फोट गराउन छाडेका छैनन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)