Aamsanchar

कोसीटप्पुको रैथाने मकुना’ हात्तीको उपचार गर्न नसके मार्ने निर्णय

Author Image
मङ्गलवार, मंसिर ३०, २०७७

कोसीटप्पु वन्यजन्तु आरक्षमा रहेको रैथाने ‘मकुना’ हात्तीको उपचारका लागि चितवन राष्ट्रिय निकुञ्जबाट टोली बोलाइएको छ। सुनसरी प्रशासनका अनुसार मंगलबार बसेको बैठकले हात्तीको उपचारका लागि प्राविधिक टोली बोलाएको हो। टोलीले हात्तीको उपचार गर्न नसके मार्ने निर्णयमा प्रशासन पुगेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताए।

‘सकभर उपचार गर्ने, उपचार सम्भव नभए मार्ने निर्णयमा हामी पुगेका छौं,’ पोखरेलले भने, ‘कानुनी रित पुर्‍याएर मार्ने निर्णय भएको छ।’

मंगलबार कोसीटप्पु वन्यजन्तु आरक्षमा प्रशासन, गाउँपालिका अध्यक्ष र आरक्षका पदाधिकारीहरूको बैठक बसेको थियो। बैठकले हात्तीपीडितलाई राहत तथा क्षतिपूर्तिका लागि सरकारसँग पहल गर्ने निर्णय पनि भएको छ । आरक्षबाट बाहिर निस्केर ‘मकुना’ले स्थानीयको ज्यान लिइरहेको छ। तीन वर्षयता ‘मकुना’ले १८ जनाको ज्यान लिइसकेको कोसी गाउँपालिकाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर