Aamsanchar

मोरङमा ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ

Author Image
मङ्गलवार, मंसिर ३०, २०७७

मोरङ- मोरङमा ग्यास कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। मंगलबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका-१४ मलाहाका मनिष यादवलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी)मानबहादुर राईका अनुसार यादवले कालोबजारी गरिरहेको सूचना प्रहरीले पाएको थियो। सोही सूचनाको आधारमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो। उनले भरि भएको सिलिण्डरबाट ग्यास निकालेर खाली भएकोमा आधा राख्ने गरेको डिएसपी राईले बताए।

उनीसँग ग्यास सार्ने मेसिन पनि रहेछ। सूचना आएपछि हामी गएर उनलाई नियन्त्रणमा लिएका छौं,उनले भने। यादवले कहिलेदेखि यसरी काम गरिरहेको भन्ने खुलिनसकेको डिएसपी राईले बताए। उनको पसलमा खानतलासी गर्दा प्रहरीले ११ वटा ठूलो ग्यास सिलिण्डर, २ वटा सानो ग्यास सिलिण्डर, एउटा तौलिने मेसिन, दुई वटा रेगुलेटर र एउटा एयर लिक गर्ने पाइप समेत बरामद गरेको हो। उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 314

प्रतिक्रिया (०)

सम्बन्धित खबर