Aamsanchar

ट्विटरको माध्यमबाट सम्पर्क गरेपछि नौ जनाको हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्ड

Author Image
बुधवार, पौष १, २०७७

काठमाण्डौ – सामाजिक सञ्जाल प्लेटफर्म ट्विटरको माध्यमबाट सम्पर्क गरेपछि नौ जनाको हत्या गर्ने एक व्यक्तिलाई मृत्युदण्डको सजाय दिइने भएको छ । यस हाई–प्रोफाइल मामिलाले पूरै जापानलाई हल्लाएको थियो । ट्विटर किलरु को नामबाट चर्चित टाकाहिरो शिराइशी बस्ने फ्ल्याटमा सन् २०१७ मा मानव शरीरको अङ्ग भेटिएपछि उनलाई पक्राउ गरिएको थियो ।

सोधपुछमा ३० वर्षीय टाकाहिरोले हत्या गरेको र उनीहरूको अङ्ग क्षतविक्षत गरेको स्वीकार गरे । तीमध्ये धेरै महिलाहरू थिए, जोसँग उनी सामाजिक सञ्जाल प्लेटफर्ममार्फत सम्पर्कमा आएका थिए । सिरियल किलिङु को यस मामिला सार्वजनिक भएपछि अनलाइन प्लेटफर्ममा आत्महत्या को विषयमा कसरी कुरा गर्न सकिन्छ भनेर तीव्र रूपमा बहस भएको थियो ।

स्थानीय मिडियाका अनुसार मङ्गलबार चार सयभन्दा धेरैले यस फैसलालाई सुनेका थिएँ जबकि अदालतमा मात्र १६ जनाका लागि बस्ने ठाउँ थियो । जापानमा मृत्युदण्डलाई लिएर भारी समर्थन छ र जापान यस्तो विकसित देशमध्ये एक हो जहाँ मृत्युदण्डको सजाय कायम छ । जापानको समाचार एजेन्सी क्योदोले यस मामिलामा आधिकारिक भनाइ उद्धृत गर्दै भनेको छ– सन् २०१७ अगस्टदेखि अक्टोबरको बीच उनले १५ देखि २६ वर्षका आठ महिला र एक पुरूष घाँटी थिचेर हत्या गरे र उनीहरूको अङ्ग क्षतविक्षत गरे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर