Aamsanchar

पाँचथरको फालेलुङमा पहिरो पीडितका लागि बनाइएको एकीकृत बस्ती अलपत्र

Author Image
बुधवार, पौष १, २०७७

पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिकामा पहिरो पीडितका लागि बनाइएको एकीकृत बस्ती अलपत्र परेको छ । निर्माण गरिएका बस्तीमा बिजुली, शौचालय तथा खानेपानीसहितका संरचना निर्माण नहुँदा लाखौँ खर्च गरेर बनाइएका संरचना अलपत्र परेका हुन् । तीन वर्षअघि पहिरोबाट विस्थापित भएका ३ र ४ नम्बर वडाका स्थानीयका लागि फालेलुङ गाउँपालिका र १ नम्बर प्रदेश सरकारको सहयोगमा बस्ती निर्माण गरिएको हो । तर, अझै आवश्यक पूर्वाधार भने निर्माण हुन सकेको छैन ।

प्रदेश सरकारको ५० लाख र गाउँपालिकाको १७ लाख बजेटमा १५ घर निर्माण भएका छन् । तीन वर्ष अघि गएको पहिरोबाट ४८ परिवार विस्थापित भएका थिए । एकीकृत बस्ती हस्तान्तरण हुन नसक्दा उनीहरू अहिले पनि आफन्तको शरणमा छन् । यता, आवश्यक पूर्वधारहरु पुरा गरेर तत्कालै बस्ति हस्तान्तरण गर्ने तयारी भईरहेको फालेलुङ गाउँपालिकाका अध्यक्ष सञ्चकुमार केरुङले वताउनुभयो । चैतसम्ममा बस्ती हस्तान्तरण गर्ने तयारीमा आफूहरू जुटेको वडा अध्यक्ष वीरविक्रम थाम्सुहाङको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर