Aamsanchar

बालविवाह भएको भन्दै प्रहरीले विवाह रोकिदिएपछि बेहुलीकी बहिनी नै लिएर बेहुला टाप

Author Image
बुधवार, पौष १, २०७७

भारतको मध्यप्रदेशको मुरैना जिल्लामा बेहुलाले बेहुलीलाई सिन्दूर हाल्दाहाल्दै प्रहरी आएर बालविवाह भएको भन्दै विवाह रोकिदिएपछि रिसाएका बेहुलाले बेहुलीकी बहिनी नै लिएर भागेका छन्। पुलिसले नाबालिग किशोरीको विवाह रोक्नुका साथै अपहरित बालिकाको पनि उद्धार गरेको छ। अपहरणमा सहयोग गर्ने बेहुलाकी आफन्त एक महिलालाई पुलिसले पक्राउ गरेको छ। अपहरणकारी बेहुला भने फरार रहेको टाइम्स आफ इण्डियाले जनाएको छ।

यो घटना गत बिहीबारको हो। मध्य प्रदेशको मुरैना जिल्ला अन्तर्गत पोरसा थाना क्षेत्रमा दलित नाबालिग किशोरीको विवाह हुँदै गरेको सूचना पाएपछि पुलिस र महिला तथा बालविकास विभागले किशोरीको उद्धार गरेका थिए। परिवारलाई सम्झाइबुझाइ गरेर किशोरीलाई पुलिस थाना ल्याइएको थियो। तर, यो विवादका बीचमा बेहुलाले बेहुलीको सिउँदोमा सिन्दूर हालिदिए।

बिहे रोकिएपछि रिसाएका बेहुला आफ्नी महिला आफन्तको साथमा बेहुलीको घरमा पुगेका थिए। त्यसपछि उनले बेहुलीकी १२ वर्षकी बहिनीलाई बिहे गर्ने उद्देश्यका साथ जबरजस्ती साथमा लिएर गए। त्यसको जानकारी पाएलगत्तै पुलिसले खाजी गरी अपहरित बालिकालाई उद्धार गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 236

प्रतिक्रिया (०)

सम्बन्धित खबर