Aamsanchar

नेपाल जेसीजद्वारा एकका लागि एक अभियानका बस्नेत सम्मानित

Author Image
बुधवार, पौष १, २०७७

भलबारी ।  एकका लागि एक अभियानका सह–संयोजक, सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तित्व बिर्तामोड, झापा निवासी विनोद बस्नेत नेपाल जेसीजबाट सम्मानित भएका छन् ।

आजबाट भलबारी जेसीजको आथित्यमा सुरु भएको नेपाल जेसीजको ४७ औं महाअधिवेशन उद्घाटन समारोहमा प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री सशाङ्क कोइरालाले सम्मान पत्र प्रदान गरेका थिए । बुधवार महाधिवेशनमा जेसीजले प्रदान गरेको सम्मान वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले ग्रहण गरेका थिए ।

कोभिड– १९ को जोखिमपूर्ण अवस्थामा भएको  ३ महिने लकडानको वेला अग्रपंक्तिमा रहेर नागरिक स्तरबाट सुरु गरिएको एकका लागि एक अभियानको सहसंयोजक बनेर खान नपाई रहेका नागरिकलाई तत्कालको अबस्थामा खाद्ययन्न, तयारी खाना, स्थानिय सरकारलाई सहयोग पुर्याउन कोरोना परिक्षण गर्ने किट वितरण संगै पिसिआर ल्याव स्थापना गर्ने कार्य हुदै हाल सम्म कोभिड नियनत्रण र व्यवस्थापनमा स्थानिय सरकार संग सहकार्य गर्दै अन्य विभिन्न उल्लेख्य काम गरेको तथा जेसीज अभियान र समाजसेवामा महत्वपूर्ण योगदान पु¥याएको भन्दै वस्नेतलाई सम्मान गरिएको हो ।

वस्नेत नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष , उपाध्यक्ष, कोषाध्यक्ष ,पूर्व कानूनी सल्लाहकार , वीरता जेसीजका पूर्व अध्यक्ष, जेसीज पूर्व अध्यक्ष समाज झापाका अध्यक्ष, झापा गोल्डकपका अध्यक्ष लगायत विभिन्न संघ संस्थामा आवद्ध रहेका छन् ।

राष्ट्रिय सम्मानका लागि अधिवेशन आउनु भन्दा केही महिना अगाबै देश भरिका जेसीज शाखाहरुबाट आफ्नो क्षेत्रमा रहेर समाज सेवा गरिरहेका योग्य व्यक्तीहरुको नाम प्रस्थाव भएको हुन्छ, उपलब्ध नामहरु बाट नेपाल जेसीजले सम्मानित व्यक्ती छनौट उपसमित मार्फत उत्कृष्ठ व्यक्तीहरु मध्येबाट एक जनालाई सर्वोकृष्ठ व्यक्ती छनौट गरि सम्मान गर्ने गरिएको छ । जस अन्तरगत यस बर्ष समाज सेवा तर्फबाट बस्नेत सम्मानित बनेका हुन । त्यस्तै अन्य विधाहरुबाट पनि सर्वोकृष्ठ व्यक्तीहरुलाई सम्मान गरिएको छ ।

देशभरका १ सय ५६ शाखाका प्रतितिधिहरु सहभागी रहेको महाधिवेसनले वर्ष २०२१ का लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर