डोपिङ स्क्यान्डलपछि रुसले दुई वर्षसम्म सबै खेलकुद गतिविधिमा प्रतिबन्ध भोग्नुपर्ने भएको छ । यससँगै रुसी झन्डा, गान र रंग जापानमा आयोजना हुने टोकियो ओलम्पिक, कतारमा आयोजना हुने विश्वकप फुटबल २०२२ र चीनको बेइजिङमा आयोजना हुने शीतकालिन ओलम्पिकमा देखिने छैन ।
रसियालाई विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले चार वर्षको प्रतिबन्ध सुनाएको थियो । कासले रुसको प्रतिबन्ध घटाउँदै दुई वर्षको प्रतिबन्ध सुनाएको छ । यसअनुसार रुसको प्रतिबन्ध २०२२ डिसेम्वर १६ सम्म रहनेछ ।
कोर्ट अफ आर्बिटेसन (कास) ले रुसलाई दुई वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेपछि रुसले यि ठुला प्रतियोगिता गुमाउने भएको हो । दुई वर्षको प्रतिबन्ध भोगेपनि रुसले अर्को वर्ष जुन–जुलाईमा आयोजना हुने युरोकप भने खेल्न पाउने सम्भावना रहेको छ ।
गत डिसेम्बरमा वाडाले रुसलाई ४ वर्षको प्रतिबन्ध लगाउने निर्णय गरेसँगै रसियन प्रधानमन्त्री दिमित्री मेदवेदेवले यो प्रतिबन्ध ‘पुरानो रुसी विरोधी रुसी उन्माद’ को एक हिस्सा बताएका थिए । तर रसियन खेलाडीहरुले स्वतन्त्र झन्डामुनि आफ्नो प्रतिभा देखाउन पाउनेछ ।
२०१८ को शीतकालिन ओलम्पिकमा रसियाका १६८ खेलाडीले स्वतन्त्र झन्डामुनिबाट खेलेका थिए । रसियको एथ्लेटिक्स खेलाडीलाई २०१५ देखि नै प्रतिबन्ध लगाइएको छ ।
घट्नाक्रम
– डिसेम्वर २०१४ – जर्मनीको एक टेलिभिजनले ९९ प्रतिशत रसियन खेलाडीहरु डोपिङको लागि दोषी रहेको एक वृत्तचित्रमार्फत आरोप लगायो ।
– नोभेम्वर २०१५ – वाडा आयोगले रुसी ट्रयाक र फिल्ड एथलेटिक्समा राज्य प्रायोजित डोपिङको रकमा व्यापक भ्रष्टाचार भएको आरोप लगाउदै एक स्वतन्त्र रिपोर्ट प्रकाशित गर्यो । रुस वाडाको गैर–अनुपालक छ ।
– मे २०१६ – मस्कोका पुर्व डोपिङ प्रयोगशालाका मालिक ग्रिगोरी रोड्चेन्कोभका अनुसार २०१४ मा सोचीमा भएको विन्टर ओलम्पिकमा रुसका दर्जनौ खेलाडीले धोका दिएका थिए ।
– जुलाई २०१६ – रुसले ग्रीष्म र शीतकालिन ओलम्पिक खेलहरुको लागि चार वर्षसम्म राज्य प्रायोजित डोपिङ कार्यक्रम सञ्चालन गर्यो । प्रोफेसर रिचर्ड म्याक्लारेनको रिपोर्ट ।
– अगस्ट २०१६ – अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले रियो ओलम्पिक २०१६ मा रुसी खेलाडीलाई प्रतिबन्ध लगायो । सोही कारण रुसका २७१ खेलाडीले स्वतन्त्र झन्डामुनि प्रतिस्पर्धा ।
– डिसेम्वर २०१६ – वाडाले म्याक्लेरेन रिपोर्टको दोस्रो भाग प्रकाशित गरे । जसमा १ हजारभन्दा बढी रुसी एथलिटहरु डोपिङबाट लाभान्वित भएको उल्लेख ।
– जनवरी २०१७ – रुसादा र रुसी खेल अधिकारीहरुले मान्यता फिर्ता प्राप्त गर्नुअघि हासिल गर्न मापदण्डको सुची दिए ।
– मार्च २०१७ – वाडा भन्छन् रसियका एन्टि डोपिङ सुधारहरु त्यति चाँडो भइरहेको छैन ।
– फेब्रुअरी २०१८ – रुसलाई आइओसीले दक्षिण कोरियमा भएको शीतकालिनम ओलम्पिकमा प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाएको छ, तर डोपिङमा नपरेका १६९ एथलिटले तटस्थ झन्डामुनि प्रतिस्पर्धा गर्ने अवसर पाएको ।
– मे २०१८ – वाडाले रुसादालाई लेख्छन् ‘सम्झौता समाधान ।
– सेप्टेम्वर २०१८ – बीबीसीले खुलासा गरेको सम्झौताको समाचारले एथलिटहरु र डोपिङ निकायहरुबाट रोष प्रकट ।
– डिसेम्वर २०१९ – वाडाले सबै प्रमुख खेलकुद घट्नाहरुमा रोसाडालाई ४ वर्षको प्रतिबन्ध लगाएपछि रुसादालाई प्रयोगशालाको तथ्य सार्वजनिक गर्न र हेरफेर गर्न नसकिने घोषणा गरेपछि अनुसन्धानकर्तालाई हस्तान्तरण ।
– डिसेम्वर २०२० – कासको नियमले रुसको प्रतिबन्ध दुई वर्षमा घटाउनुपर्नेछ ।
श्रोत : एजेन्सी/हाम्रो खेलकुद